मिर्चैया नगरपालिकाको प्रथम नगर परिषद सम्पन्न, ४३ करोड भन्दाबढी बजेट प्रस्तुत
बिनय यादव, सिरहा, १२ माघ । सिरहाको मिर्चैया नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को जम्मा बजेट ४३ करोड ३२ लाख ९१ हाजार १ सय ३३ रुपैँया बजेट प्रस्तुत गरिएको छ । हिजो (बिहिवार) सम्पन्न मिर्चैया नगरपालिकाको प्रथम नगर परिषदमा नगरपालिकाका मेयर श्रवण कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन् । मेयर यादबले आग

२०७४ माघ १२ शुक्रबार, बिहान ७:०८ बजे२ मिनेट पढाइ

बिनय यादव, सिरहा, १२ माघ । सिरहाको मिर्चैया नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को जम्मा बजेट ४३ करोड ३२ लाख ९१ हाजार १ सय ३३ रुपैँया बजेट प्रस्तुत गरिएको छ । हिजो (बिहिवार) सम्पन्न मिर्चैया नगरपालिकाको प्रथम नगर परिषदमा नगरपालिकाका मेयर श्रवण कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
मेयर यादबले आगामी आर्थिक बर्षका लागि आन्तरिक आय तर्फ १ करोेड ५० लाख ९३ हजार १ सय ३३ रुपैया, राजस्ब बाँडफाँड रजिष्ट्रेशन तर्फ ५० लाख, संघिय संरचना पुंजिगत बिकास कार्यक्रम तर्फ ४८ लाख, बितिय समिकरण तर्फ २५ करोड २ लाख २३ हजार, ससर्त पुजिगत तर्फ ७ करोड २ लाख १५ हजार, समाजिक सुरक्षा तर्फ ७ करोड ४४ लाख ३ हजार, सडक बोर्ड नेपाल तर्फ ३५ लाख, एलजिसिडिपी तर्फ १५ लाख ५७ हजार गरी जम्मा ४३ कारेड ३२ लाख ९१ हजार १ सय ३३ रुपैयाको बजेट प्रस्तुत गर्नुभएको हो ।
त्यसैगरी, व्यय तर्फ खर्चमा रु. ७ करोड १४ लाख २ हजार ५ सय रहेकोे छ । पुजिगत खर्च मध्ये बितिय समिकरण तर्फ २१ करोड २४ लाख ७० हजार ६ सय ३३ रुपैया, ससर्त पुजिगत तर्फ ७ करोड २ लाख १५ हजार, समाजिक सुरक्षा चालु तर्फ ७ करोड ४४ लाख ३ हजार, संघिय संरचना पुंजिगत बिकास तर्फ ४८ लाख गरी जम्मा ४३ करोड ३२ लाख ९१ हजार १ सय ३३ रुपैया अनुमानित व्यय प्रस्तुत गरिएको छ ।
पस्तुत बजेट नगरपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद व्यवस्थापन र संस्थागत विकास तथा सेवा प्रवाहको क्षेत्रमा खर्च गरिने उनले बताएका छन् ।
नगरपालिका प्रमुख यादवको अध्यक्षता तथा धनुषा क्षेत्र नं. १ बाट निर्वाचित सांसद एवं नेकपा माओवादीका नेता मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यमा परिषंद सम्पन्न भएको छ । कार्यक्रममा सिरहा क्षेत्र नं. ४ 'क' प्रदेशसभामा निर्वाचित माओवादी नेता दिलिप कुमार साह, क्षेत्र नं. ४ 'ख' प्रदेशसभामा निर्वाचित राजपा नेता सुरेश मण्डल, नेपाल प्रहरीका पुर्व आइजिपी उपेन्द्रकान्त अर्याल, एनप्याब्सन सिरहाका अध्यक्ष प्रदीप तिवारी, कर्जन्हा नगरपालिकाका उपमेयर ज्ञानकुमारी श्रेष्ठ, राष्ट्रपतिका स्वकीय सचिब जिबछ साह लगायत स्थानीय दलका राजनीतिक दलका प्रतिनिधीहरुले नगर परिषदमा प्रस्तुत कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…