कल्याणपुर नगरपालिकाको बजेट ४२ करोड ९२ लाख, शिक्षा र कृषिविकासमा विशेषजोड
सिरहा ११ माघ । सिरहाको कल्यानपुर नगरपालिकाले आफ्नो पहिलो बजेट सार्वजनिक गरेको छ । उक्त नगरपालिकाको कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सूर्यनारायण मण्डलले उक्त बजेट सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७४/०७५ मा चालू खर्च ४२ करोड, ९२ लाख, ३४ हजार ३ सय ३२ रुपैयाँको बजेट प्रस्तुत गर्नुभए

२०७४ माघ ११ बिहीबार, बिहान ९:३९ बजे२ मिनेट पढाइ

सिरहा ११ माघ । सिरहाको कल्यानपुर नगरपालिकाले आफ्नो पहिलो बजेट सार्वजनिक गरेको छ । उक्त नगरपालिकाको कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सूर्यनारायण मण्डलले उक्त बजेट सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७४/०७५ मा चालू खर्च ४२ करोड, ९२ लाख, ३४ हजार ३ सय ३२ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।
जसमध्ये नेपाल सरकारबाट सशर्त अनुदान कार्यक्रममा ९ करोड २० लाख, ८९ हजार, वितिय सामानिकरणबाट प्राप्त अनुदान २४ करोड ६ लाख ५९ हजार, गतवर्षको मौन्दात रकम ४० लाख, आन्तरिक श्रोतबाट अनुमाति ७४ लाख, ८६ हजार ३ सय ३२ र सामाजिक सुरक्षा तर्फको जम्मा ८ करोड सहित जम्मा ४२ करोड, ९२ लाख, ३४ हजार ३ सय ३२ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।
विभिन्न स्रोतहरुबाट प्राप्त रकममध्ये कार्यालय संचालन तथा चालु खर्च ५ करोड, २९ लाख ५० हजार, सशर्त अनुदान कार्यक्रममा ९२ लाख ८९ हजार, सामाजिक सरक्षा तथा बालपोषण कार्यक्रमका लागि ८ करोड, पूँजीगत तर्फ २० करोड, ४१ लाख ९५ हजार ९३२ रुपैयाँ रकम विनीययोजन गरेको छ ।
त्यसैगरी, शिक्षामा ८५ लाख २५ हजार, कृषि तर्फ एक करोड ७० लाख २५ हजार, पशुतर्फ १९ लाख ९० हजार ८५ रुपैयाँ, उर्जा तर्फ १० लाख, खेलकुद तर्फ २४ लाख २६ हजार, संस्थागत विकास तर्फ १ करोड, ७९ लाख ६४ हजार रकम विनियोजन गरेको छ भने, प्रशासन सुधारका लागि ४ लाख २५ हजार, आकसस्मिक कोष ६५ लाख, अन्य पूर्वाधार विकास तर्फ १२ करोड, १६ लाख ८१ हजार ११५ रुपैयाँ र आन्तरिक श्रोतबाट प्राप्त अनुमाति ७४ लाख, ८६ हजार ३ सय ३२ रुपैयाँ मौज्दात राखिएको छ ।
गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँदै नगरप्रमुख मण्डलले पहिलो चरणमा नगरका ५ वटा आधारभुत विद्यालयलाई नमुना बनाउने बताउनु भयो । उहाँले भौतिक तथा शैक्षिक रुपमा नमुना बनाउने गरी ५ वटा आधारभुत विद्यालयलाई अंग्रेजीमाध्यमबाट चलाउने जनाउनु भयो । त्यसको लागि यो शैक्षिकशत्र सुरुहुनुभन्दा पहिला नै त्यस्ता विद्यालयहरुको छनौटगरी तयारी सुरुगर्ने बताउनु भयो । कार्यक्रमको संचालन नगरपालीकाका प्रशासकीय अधिकृत बासुदेव कुमार यादवले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…