धनुषाः लकडाउन उलंघन गरी बजार, प्रहरी भन्छ- 'मतलब छैन'
त्यसपछि उनीहरू प्रहरी चौकी नजिकै बजार लगाउन थालेको वडाध्यक्ष साहको भनाई छ ।

२०७७ बैशाख १९ शुक्रबार, दिउँसो १२:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक प्रहरी चौकी नजिकै बजार लगाएर लकडाउनको उलंघन गरी बजार लगाएपनि प्रहरीले खासै मतलब राखेको छैन ।
धनुषाको हँसपुर नगरपालिका वडा नं ५ स्थित सुगानिकास प्रहरी चौकी भन्दा करिब २ सय मिटर दूरीमा बजार लगाएर लकडाउनको उलंघन गर्दा प्रहरीले मुखदर्शी बनेका छन् ।
बिहीबार हँसपुर नगरपालिकाको सुगानिकासमा समाजिक दूरीको ख्याल नगरी मान्छेहरू भिडभाड लगाएर बजार लगाउदै गर्दा प्रहरीले मुखदर्शक बनेका छन् ।
लकडाउनमा पनि समाजिक दुरी कायम बिना नै मोटो सँख्यामा उपस्थिति सर्वसाधारण उपभोक्ताले बजार लगएको देखेपछि सुगानिकास प्रहरी चौकीका इन्चार्ज राजेन्द्र प्रसाद यादव सँग यस विषयमा प्रतिक्रिया लिदां उनले भने– “थाहा छ त्यहा बजार लागेको छ, तपाईंलाई जे गर्नुछ गर्नुस । हामीले केही गर्न सकिदैन त्यहाँ पुगेर आएको छु । हामी २–४ जना प्रहरी पुगेर बजार हटाउन सकिदैन मान्छेहरु मान्दैनन् । तपाईंलाई समाचार लेख्नु छ भने लेख्नुस ।”
वडाध्यक्ष शिवशंकर साहले प्रहरीले आफूहरुसित स्टाफको कमी भएको जनाउँदै सबैतिर जान नभ्याएको उदृत गर्दै भने । लकडाउनको पालना गर्न जनता स्वमनै सचेत हुनुपर्ने बताए ।
त्यसपछि उनीहरू प्रहरी चौकी नजिकै बजार लगाउन थालेको वडाध्यक्ष साहको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…