सिरहाः एकाविहानै, रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए पुरुष
घटनाको बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७७ बैशाख १८ बिहीबार, बिहान ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । एका विहानै एक पुरुष रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।
प्रदेश नं. २ को सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं. ५ बलुवा टोल बस्ने अन्दाजी वर्ष ४५ का दरी यादव आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
गाउँको पूर्वपट्टि खेतमा रहेको आँपको बोटमा विहानै झुण्डिएको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो ।
केही बेरमा पुगेको प्रहरी टोलीले त्यो क्षेत्रलाई घेराबन्दी गरी मुचुल्का उठाएको हो । स्थानीयहरुका अनुसार, यादवको घरासयी आर्थिक स्थित कमजोर रहेको छ ।
उनको श्रीमति सहित दुई छोरा छन् । अन्दाजी बर्ष १२ को र अर्का अन्दाजी बर्ष ८ का दुई छोरा रहेका छन् । यादवसँगै उनको परिवारको साहारा समेत गुमेको स्थिति सृजना भएको छ ।
यादवको शवको पोष्टमार्टमको लागि सिरहा अस्पताल लगिएको छ भने घटनाको बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…