वडाका सवै विपन्नलाई समाजवादीको सहयोग
वडाभरि रहेको मात्र लक्षित वर्गलाई राहत उपलब्ध गराएको हो ।
२०७७ बैशाख ८ सोमबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण जनजीवन प्रभावित भएपछि समाजवादी पार्टीको वडा कार्यालय सहयोगमा राहत वितरण गरिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुरका विपन्न परिवारहरुलाई स्थानीय युवाहरुको सक्रियतामा राहत वितरण गरिएको हो ।
वडाभरि रहेको मात्र लक्षित वर्गलाई राहत उपलब्ध गराएको हो । नगरपालिकाले समेत राहत बाँडेको तथा लकडाउनको अवधि बढेकै कारण पुनः राहत वितरणको आवश्यता हेर्दै प्रदान गरिएको बताउनुभो ।
न्यूजब्यूरोकर्मी मोख्तार हुसैनको विशेष सक्रियतामा विपन्न परिवारहरुलाई ६ छाक पुग्ने गरी चामल, दाल, नुन, आलु लगायतका समाग्रीहरु प्रदान गरिएको हो ।
एक व्यक्तिमा ३ किलो चामल, आधी किलो दाल, नुन र आलु गरी प्रतिव्यक्तिको हिसाबले राहत प्रदान गरिएको हो । घरमा परिवारजनको अवस्था र सँख्या हिसाबले राहत वितरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मोख्तार हुसैन
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…