लकडाउनमा नमाज पढ्दै गरेका १४ फन्दामा
न्यूज ब्यूरो, कपिलवस्तु । लकडाउन उल्लंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका ७ स्थित एक मस्जिदबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनलाई उल्लंघन गरेको, सामाजिक दूरी कायम नगरेको आरोपमा उनीहरुलाई

२०७७ बैशाख ७ आइतबार, बेलुकी ५:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कपिलवस्तु । लकडाउन उल्लंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मायादेवी गाउँपालिका ७ स्थित एक मस्जिदबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनलाई उल्लंघन गरेको, सामाजिक दूरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
यसअघि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जिल्लाका मुस्लिम अगुवा, मदरसा संचालक, तथा ईस्लाम धर्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामूहिक बैठक बसी घरमै बसी नमाज पढ्न आग्रह गरेका थिए ।
तर, पनि जबरजस्ती स्थानीय मस्जिदमा जम्मा भई नमाज पढ्न खोज्ने क्रम रोकिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…