पानी अभावले आधुनिक लुगा धुने मेशिन सञ्चालन
चरिकोट, ८ माघ : चरिकोटमा ड्राइ क्लिनर्स प्रालिले रु ७२ लाख लगानी गरेर दोलखामा नेपालको पहिलो आधुनिक लुगा धुने मेशिन ल्याएको छ । चरिकोटका स्थानीयवासी र अन्य व्यक्तिको भौगोलिक, सामाजिक र दैनिक व्यस्त जीवनलाई दृष्टिगत गरी चरिकोट ड्राइ क्लिनर्स शुरु गरिएको आइतबार पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिइएक

२०७४ माघ ८ सोमबार, बिहान ७:४४ बजे१ मिनेट पढाइ

चरिकोट, ८ माघ : चरिकोटमा ड्राइ क्लिनर्स प्रालिले रु ७२ लाख लगानी गरेर दोलखामा नेपालको पहिलो आधुनिक लुगा धुने मेशिन ल्याएको छ ।
चरिकोटका स्थानीयवासी र अन्य व्यक्तिको भौगोलिक, सामाजिक र दैनिक व्यस्त जीवनलाई दृष्टिगत गरी चरिकोट ड्राइ क्लिनर्स शुरु गरिएको आइतबार पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
चिसो मौसम र सुख्खायाममा पानीको हाहाकारका बेला अधिक व्यस्त जीवनशैलीलाई सघाउन सेवामुखी व्यवसायका रुपमा ड्राइ क्लिनर्स सञ्चालन गर्न लागिएको चरिकोट ड्राइ क्लिनर्स प्रालिका अध्यक्ष अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । भारतको पञ्जाव तथा चीनको गोन्जाउ प्रान्तबाट आधुनिक मेशिनल्याई शुरु गरिएको हो ।
कम्पनीले हाल ६ जनालाई रोजगारी दिएको र कम्पनी पूर्ण रुपमा सञ्चालनमा आउँदा थप आठ जनालाई रोजगारी दिन सक्ने बताइएको छ । कारखानाबाट दैनिक ५५० केजीसम्म कपडा धुनसक्ने क्षमता छ ।
कम्पनीका अर्का लगानीकर्ता नसिब कायस्थका अनुसार लगानी साँढे चार वर्षभित्र उठाइसक्ने छ । उनीहरुले लुगा धुने यो मेशिन नेपालमा नै पहिलो रहेको पनि दाबी गरेका छन् । यो क्लिनर्सबाट होटल, लज, रिसोर्ट, हस्पिटल, व्यस्त कर्मचारी, व्यापारी र गृहिणीलाई लक्षित गरिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…