लकडाउनः ६० घरपरिवारलाई नेकपाको राहत
करिब ५० हजार बराबरको खद्यान्न सामग्री ६० जना लाई स्थानीय लाई वितरण गरिएको जनाइएको छ ।

२०७६ चैत २९ शनिबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित बनेका केही परिवारलाई नेकपाको वडा कमिटि र वडाध्यक्षले राहत दिएका छन् ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ९ भित्र पर्ने विभिन्न टोलहरीमा नेकपाकाका वडा कमिटि र वडाध्यक्षको विशेष पहलमा राहत प्रदान गरिएको हो ।
कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने गरिव, असहाय र बिपन्नलाई छाक टार्न गार्हो भइरहेको बेला उक्त वडाका टोलहरुमा राहत वितरण गरिएको हो ।
ती टोलहरुबाट असहाय , बिपन्न को नाम संकलन गरि ब्यक्तिगत रुपमा आर्थिक संकलन गरि करिब ५० हजार बराबरको खद्यान्न सामग्री ६० जना लाई स्थानीय लाई वितरण गरिएको जनाइएको छ ।
स्थानीय प्रसासन संग समन्वय गरि राहत वितरण गरिएको हो । प्रति ब्यक्ति १० केजि चामल , १ केजि दाल , १ लि. खाने तेल , १ केजि नुन , १ साबुन, २ केजि आलु र १ केजि सोयाबिन लगायतका समाग्री प्रदान गरिएको हो ।
स्थानीय नरेश मन्डल , सुरेन्द्र साह , श्रवण साह , राजे मण्डल , नइम साह , चन्दे मन्डल लगायतले उनीहरुको राहतको लागि रकम जम्मा गरी सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…