सबैलाका मेयर मोबाइल टोलीसहित सर्चमा, एकजना क्वारेन्टाइनमा राखिए
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा भारतबाट आएका एक व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । सबैला नगरपालिका १३ ढोलबजा मुसहरी टोलका सदा थर भएका एक व्यक्तिलाई सोमबार क्वारेन्टाइनमा भर्ना गरिएको हो । भारतबाट फर्केपछि उनी क्वारेन्टाइन नबसी छलेर बस्दै आएका थिए । भारतबाट हालसालै फर्केको जानकारी

२०७६ चैत २४ सोमबार, बेलुकी ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा भारतबाट आएका एक व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।
सबैला नगरपालिका १३ ढोलबजा मुसहरी टोलका सदा थर भएका एक व्यक्तिलाई सोमबार क्वारेन्टाइनमा भर्ना गरिएको हो । भारतबाट फर्केपछि उनी क्वारेन्टाइन नबसी छलेर बस्दै आएका थिए ।
भारतबाट हालसालै फर्केको जानकारी आएपछि नगरप्रमुख विजयशंकर प्रसाद साह आफै उनको घर पुगी क्वारेन्टाइनमा बस्न लगाएका हुन् । मेयर साहले पछि समस्या हुनसक्ने भन्दै सम्झाएपछि उनी क्वारेन्टाइन बस्न मानेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन नगरप्रमुखको हैसियतले कम्मर कसेर लागेको मेयर साहले बताए । नगरपालिकाले सर्वसाधारणको सहजताको लागि मोबाइल टोलीको पनि व्यवस्था राखेको छ ।
कोरोना संक्रमण नेपालमा समेत भेटिएपछि निरन्तर रुपमा ग्राउण्ड जिरोमा खटिरहेको नगरप्रमुुख साहले बताए । उनले कसैलाई कुनै समस्या आए तत्कालै सम्पर्क गर्न आग्रह पनि गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…