नगरका जनतालाई भोकै रहन दिन्नौं : मेयर मण्डल
नगरको हरेक वडामा क्रमशः राहत वितरणको कामलाई प्राथमिकता साथ निरन्तरता दिने प्रतिवद्धता जनाए ।

२०७६ चैत २३ आइतबार, राति १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित नागरिकलाई धनुषाधाम नगरपालिकाले राहत वितरण गरेको छ ।
धनुषाधाम नगरपालिका ५ पर्वाता र वडा ९ नौसय लगायतका टोलमा आइतबार राहत वितरण गरिएको हो । वडा ५ मा जम्मा ४७३ घर र वडा ९ मा ५३२ घर राहत बाँडिएको छ ।
नगरपालिकाले राहत स्वरुप उपलब्ध गराएको प्रतिघर १० किलो चामल, २ किलो दाल, २ किलो आलु, आधी किलो सोयाविन लगायतका खाद्यान्न सामाग्री वडा कार्यालयले आज वितरण गरेको हो । वडा ५ का वडाध्यक्ष इन्द्रकुमार महतो र वडा ९ का वडाध्यक्ष संजिव यादवले वडाको हरेक बस्तीका गरिब, विपन्न परिवारलाई राहत वितरण गरेको जानकारी दिए ।
राहत वितरण नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत नगरप्रमुख बालेश्वर मण्डल, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की सहितको उपस्थितिमा भिडभाड नगरिकन वितरण गरिएको हो । मेयर मण्डलले संक्षिप्त प्रतिक्रिया दिँदै नगरका जनतालाई भोकै नछाडिने बताए ।
उनले नगरको हरेक वडामा क्रमशः राहत वितरणको कामलाई प्राथमिकता साथ निरन्तरता दिने प्रतिवद्धता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…