कैदी बन्दीहरुलाई ४० थान कम्बल
४ माघ, वीरगंज । बिभिन्न असाहय, गरिब तथा कैदी बन्दीहरुलाई आज ४० थान कम्बल बितरण भएको छ । जनकपुरको असाहय सेवा मञ्चका अध्यक्ष बैधनाथ साह तथा वीरगंजको साउथजोन मा.बिका प्रिन्सीपल सरोज चौधरीको आर्थीक सहयोग तथा समाजिम अभियान्ता प्रकश प्रसाद थारुको बिषेश सक्रियतामा आज सो कम्बल बितरण गरिएको हो । वीरगंजको कार

२०७४ माघ ४ बिहीबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

४ माघ, वीरगंज । बिभिन्न असाहय, गरिब तथा कैदी बन्दीहरुलाई आज ४० थान कम्बल बितरण भएको छ ।
जनकपुरको असाहय सेवा मञ्चका अध्यक्ष बैधनाथ साह तथा वीरगंजको साउथजोन मा.बिका प्रिन्सीपल सरोज चौधरीको आर्थीक सहयोग तथा समाजिम अभियान्ता प्रकश प्रसाद थारुको बिषेश सक्रियतामा आज सो कम्बल बितरण गरिएको हो ।
वीरगंजको कारागारमा रहेका कैदी बँदीहरुलाई चिसोमा निकै अफ्ठ्यारो भैरहेको बेलामा अभियान्ता थारुको प्रयासमा कम्बल बितरण भएको हो । सो औसरमा संचारकर्मी शंकर आचार्य, जसपाल सिंह, अभिनाष झा, निम्ति जेलर गणेश भण्डारी तथा सुरक्षा प्रमुख डिल्ली कार्की लगायतकाको उपस्थीतिमा कम्बल बितरण भएको बताईएको छ ।

त्यसैगरी बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ७ बलुवा टोलका स्थानियलाई पनि आज कम्बल बितरण गरिएको छ । सो औसरमा ब्रिजकिसोर साह, अज्रुदिन अंसारी, प्रहरी हवलदार श्रीलाल प्रसाद यादव, जितेन्द्र ओझा , जितेन्द्र पास्वान, जूही मेहेता लगायतको उपस्थीति रहेको समाजिम अभियान्ता प्रकश प्रसाद थारुले जानकारी दिनु भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…