घर–घर मै पुगेर मास्क वितरण
जनप्रतिनिधिहरु वडावासीहरुको घरमै पुगेर १५ सय माक्स वितरण गरेपछी स्थानियहरु हर्षित भएका छन ।

२०७६ चैत २० बिहीबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । कोरोना भाइरसको सँक्रमणबाट बच्न घर घरमै पुगेर स्थानीयहरुलाई मास्क वितरण गरिएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १३ पत्थरकोटमा कोरोना भाईरस संंक्रमण बाट बच्न जनप्रतिनिधिहरु घर–घरमै पुगेर मास्क तथा साबुन वितरण गर्न थालेका छन ।
लालबन्दी नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष शिवकृष्ण बैध , वडा सदस्य मोहन राउतले मास्क तथा साबुन जुटाएर वितरण गरेको स्वास्थ चौकी पत्थरकोटका अधिकृत अमित गौतमले जानकारी दिनुभयो ।
जनप्रतिनिधिहरु वडावासीहरुको घरमै पुगेर १५ सय माक्स वितरण गरेपछी स्थानियहरु हर्षित भएका छन । बुधवार प्रत्येक घर धुरीमा माक्स सँग संगै ६ सय थान साबुन समेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
मास्क वितरण कार्यक्रममा प्रहरी चौकी पथरकोटका इन्चार्ज लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको समाजसेवी श्याम श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिकामा पनि १३ सय ५० माक्स वितरण गरिएको छ । वडा नं. १३ श्रीनगरमा वडा अध्यक्ष रामकरण महतो,वडा सदस्यहरु रामभरोस महतो,नथुनी साह,मनमायाँ बिक र गंगा माया श्रेष्ठले आफनो निजि लगानीमा कोरोना भाईरस कोभिड१९ सक्रमन बाछ बच्न वडाबासीहरुको घर घर मै पुगेर माक्स वितरण गरेका छन ।
“कोरोना सक्रमन विश्वमा तिव्र रुपमा फैलिरहेको अवस्थामा नेपाल पनि उच्च जोखिममा रहेकोले वडामा बस्ने प्रत्येक घरधुरीका हरेक परिवार सदस्यलाई मास्क वितरण भईरहेको छ र हामिले वडाभरीमा ५ हजार मास्क वितरण गर्नेछौ ।”– वडा अध्यक्ष रामकरण महतोले भन्नुभयो ।
त्यस्तै लकडाउन बाट प्रभावित भएको दलित तथा विपन्न परिवारको पनि त्थ्यांक संकलन भईरहेकोले चाडै नगरपालिकाको सहयोगमा खाध्यान समेत वितरण गरिने वडा अध्यक्ष महतोले बताउनुभयो ।
मास्क वितरण कार्यक्रममा राजकिशोर महतो,समाजसेवी रामकैलाश महतो, श्रीनगर प्रहरी चौकी ईन्चार्ज लालबाबु राय लगायतको उपस्थिति रहेको ग्रामिण नारी उत्थान संघका समाजिक परिचालक राजेश कुमार महतोले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…