धनुषा : लकडाउनबाट प्रभावित गरिबलाई वडाध्यक्षले दिए खाद्यान्न
न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित गरिब, विपन्नलाई धनुषाधाम नगरपालिकामा राहत वितरण गरिएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ९ मा वडाभरिका गरिब, विपन्नलाई राहत स्वरुप चावल, दाल, खाने तेल, नुन, आलु, भुजालगायत

२०७६ चैत १८ मंगलबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित गरिब, विपन्नलाई धनुषाधाम नगरपालिकामा राहत वितरण गरिएको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर ९ मा वडाभरिका गरिब, विपन्नलाई राहत स्वरुप चावल, दाल, खाने तेल, नुन, आलु, भुजालगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो । दैनिक ज्याला मजदुरी गरी हातमुख जोड्ने गरिब, विपन्न समुदायलाई पहिचान गरी खाद्यन्न उपलब्ध गराएको वडाध्यक्ष संजिव यादवले जानकारी दिए ।
भीडभाड नगरी सामाजिक दुरी कायम गर्दै उक्त सामाग्रीहरु बाँडिएको उनले बताए । जनप्रतिनिधिको हैसियतले कोरोना नियन्त्रण तथा रोकथामको लागि कम्मर कसेर लागेको वडाध्यक्ष यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…