प्रदेश २ मा पनि आजदेखि कोरोना संक्रमितको उपचार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को जनकपुर र वीरगञ्जमा पनि आजदेखि कोरोना संक्रमितको उपचार सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेज वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ । कोरोना संक्रमितको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा १० वेड
२०७६ चैत १६ आइतबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को जनकपुर र वीरगञ्जमा पनि आजदेखि कोरोना संक्रमितको उपचार सुरु भएको छ ।
प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेज वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ । कोरोना संक्रमितको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा १० वेड छुट्याइएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जनाए ।
कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीलाई मात्र उपचारको लागि वार्डमा राखिने उनले बताए । कोरोनाका बिरामीको उपचार सुरु गरे पनि अस्पतालमा अकास्मिक, प्रसुति, ज्वरो, डायलाइसिस लगायतका अतिआवश्यक सेवा सुचारु नै रहने ईमेर्जेन्सी वार्डका ईन्चार्ज डा. राम गोपाल साहले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश कुमार ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…