प्रदेश २ का सबै जिल्लाले सुरक्षा सामाग्री किन्दै
अर्डर गरिएका सामानहरु चाँडै आइपुग्ने जनाइएको छ ।

२०७६ चैत १५ शनिबार, बेलुकी ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि प्रदेश २ का सबै जिल्लाले सुरक्षा सामाग्री खरिद गर्न लागेको छ ।
प्रदेश सरकारले दिएको ५० लाख बजेटबाट आठै जिल्लाले उपकरण खरिद गर्न लागेको हो । प्रदेश सरकारले प्रदेशका ८ जिल्लाको विपद व्यवस्थापन समितिलाई साताअघि ५० लाख रुपैयाँ दिएको थियो ।
शंकास्पद व्यक्तिको जाँचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), तापक्रम नाप्ने थर्मल गन, मास्क, सेनिटाइजर, पञ्जासहितका सामाग्री खरीद गर्न लागेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । ती सामाग्रीका लागि केही जिल्लाले अर्र्डर दिइसकेको छ ।
जिल्लाहरुले कोरोनाबाट जोगिन सो रकम प्रचार–प्रसारमा समेत रकम खर्च गर्ने जनाएका छन् । अर्डर गरिएका सामानहरु चाँडै आइपुग्ने जनाइएको छ ।
सुरक्षा कवचको अभावमा स्वास्थ्यकर्मीहरु हिच्किचाई रहेका छन् । सामान आएपछि जिल्लाका स्वास्थ्य संस्थाहरुलाई पूर्ति गरिने प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…