एनसेलको ग्राहकका लागि खुशीको खबर : रिचार्जमा १२० प्रतिशत बोनस
न्यूज ब्यूरो, काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई हरेक रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ । बुधबार ५० प्रतिशतमात्र दिने भनेको एनसेलले बोनसलाई १२० प्रतिशत पुर्याएको हो । नेपाल दूरसञ्चार प्राधिकरण बोर्डले अहिलेको विषम परिस्थितिलाई मध्यनजगर गर्दै मंगलबार सबै दूरसञ्चार सेवा प्रदायकलाई रिचार्जबराबरको

२०७६ चैत १४ शुक्रबार, बिहान ११:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई हरेक रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ ।
बुधबार ५० प्रतिशतमात्र दिने भनेको एनसेलले बोनसलाई १२० प्रतिशत पुर्याएको हो । नेपाल दूरसञ्चार प्राधिकरण बोर्डले अहिलेको विषम परिस्थितिलाई मध्यनजगर गर्दै मंगलबार सबै दूरसञ्चार सेवा प्रदायकलाई रिचार्जबराबरको बोनस दिन निर्देशन गरेको थियो ।
यो योजना बिहीबारदेखि नै लागू हुने एनसेलले जनाएको छ । बोनस रकम तीन दिनसम्मका लागि मान्य हुनेछ । एनसेलले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाइ नहोस् भन्ने हेतुले बोनस रकम १२० प्रतिशतमा वृद्धि गरेको हो ।
ग्राहकले रिचार्जबापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्कभित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ । रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्जलगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।
हालको विपद्को परिस्थितिलाई मध्यनजर गदैं बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जीबीको स्टे होम प्याक र रु २०० सम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…