कमला नगरपालिकाको सार्वजनिक ठाउँहरुमा साबुनपानी
उहाँले सबैलाई सरकारको आदेश पालना गर्न आग्रह गर्नुभएको छ ।

२०७६ चैत १३ बिहीबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीलाई मध्यनजर गर्दै धनुषाको कमला नगरपालिकाको सार्वजनिक स्थलहरुमा हात धुने व्यवस्था मिलाएको छ ।
महामारीबाट बच्नको लागि कमला नगरपालिकाको सार्वजनिक स्थलहरुमा साबुनपानी, पानी सहितको बाल्टिन, ह्याण्डवासहरु राखिएको छ ।
नगरपालिकाको चोक चौराहा सहित विभिन्न वडाको विभिन्न ठाउँहरुमा हात धुनको लागि साबुन पानीको व्यवस्था गरिएको छ ।
जनचेतनाको अभावका कारण हात राम्ररी नधुनुको कारण पनि सँक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरभरि हात धुने साबुनपानीको व्यवस्था गरिएको नगर प्रमुख राम उदगार गोईतले जानकारी दिनुभयो ।
साबुन पानी राख्दै मेयर गोईतले आम नागरिकहरुमा घरमै बसेर साबुनपानीले मात्र हात धुन आग्रह पनि गर्नुभयो । बेला कुबेला बाहिर निस्कनुपर्दा चोक चोराहामा पनि साबुन पानीले नै हात धोएर घर जान आग्रह गर्नुभएको छ ।
उहाँले सबैलाई सरकारको आदेश पालना गर्न आग्रह गर्नुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…