धनुषामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
न्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । धनुषाको धनुषाधाम नगरपालिका-७ स्थित किसानपुर-नौसय सडकखण्डमा ज ७ प ५५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोकिएको हो । दुर्घटनामा परी चालक रौतहटको कटहरिया नगरपालिका पल्टुवाका ३५ वर्षीय राजु शर्माको ज्यान गएको प्रहरी

२०७६ चैत ११ मंगलबार, बिहान ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका-७ स्थित किसानपुर-नौसय सडकखण्डमा ज ७ प ५५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोकिएको हो । दुर्घटनामा परी चालक रौतहटको कटहरिया नगरपालिका पल्टुवाका ३५ वर्षीय राजु शर्माको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटना भएपछि गम्भीर घाइते भएको उनको उपचारको लागि लाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । मृतक शर्मा धनुषाधामस्थित एक फनिर्चरमा विगत २ वर्षदेखि काम गर्दै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…