पाँच कम्पनी कालो सूचीमा
काठमाडौँ, १ माघ । समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखी कारबाही गरेको हो । कालोसूचीमा परेकामा टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौँ महानगरप

२०७४ माघ १ सोमबार, बेलुकी ७:३२ बजे१ मिनेट पढाइ

काठमाडौँ, १ माघ । समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् ।
प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखी कारबाही गरेको हो । कालोसूचीमा परेकामा टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौँ महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स’, काठमाडौँ महानगरपालिका इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौँकै पवन कुमार÷नितेश कुमार छन् ।
ललितपुर महानगरपालिकाको पशुपति इन्टरनेशनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राखिएको छ । समयमै काम नगरेका कारण ठेकेदार कंलाई कालो सूचीमा राखिएको अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटाले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार ती कम्पनीले एकदेखि तीन वर्षसम्म कुनै कारोवार गर्न पाउने छैनन् । ती कंले गरेको गल्तीका आधारमा कारवाहीको समयावधि राखिएको र उनीहरुले पुनरावेदन गर्न सक्ने व्यवस्था भएको सचिव देवकोटाको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…