डिएसपी थापाको भठ्ठी हमला, दर्जनौ मेसिन बरामद
आजसम्म धनुषामा मदिरा सेवनबाट १६ जनाको मृत्यु भईसकेको छ ।

२०७६ चैत ४ मंगलबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश सरकारले ३ दिनभित्र सबै खुल्ला मदिरा भठ्ठीहरु बन्द गर्न निर्देशन दिए लगत्तै सिरहा प्रहरी समेत हलचलमा आएको छ ।
धनुषामा घरेलु मदिरा सेवनबाट १६ जनाको मृत्युपछि लहान प्रहरीले धमाधम भट्टी तथा मदिरा नष्ट गर्ने विशेष नियन्त्रण अभियान सञ्चालन गरेको हो ।
मदिरा विशेष अभियानअन्तर्गत जिल्ला सिरहाको लहान नगरपालिका भरिमा २४ वटा मदिरा बनाउने मेसिन, करिब ४ हजार लिटर धरेलु मदिरा , २ हजार लिटर कच्चापदार्थ, १७ वटा मदिरा बनाउने भाडो र १ थान पानी तान्ने मोटर सहित नष्ट गरेको डिएसपी शरत थापा श्रेत्रिले जानकारी दिनु भयो ।

लहान प्रहरीले गाउँ घरमा रहेको घरेलु मदिरा विशेष नियन्त्रण अभियानअन्तर्गत भट्टी खोजेर तिव्र रुपमा नष्ट पार्ने अभियान थालेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी थापाले थप्नुभयो ।
आजसम्म धनुषामा मदिरा सेवनबाट १६ जनाको मृत्यु भईसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…