'दाइजो लिएर विहे गर्नु पुरुषार्थ होइन, त्यसैले आदर्श विवाह रोजे'
दाइजो प्रथा विकृति र अपराध रहेको भन्दै यसलाई हटाउन सबैले साहस गर्नुपर्ने

२०७६ फागुन २९ बिहीबार, राति ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशमा दाइजोको कारण दिनदिनै हिँसात्मक घटना सार्वजनिक हुँदै आएको छ ।
दाइजोकै कारण कयौं महिलाले श्रीमान्, सासु र ससुराबाटै ज्यान गुमाउनु परेको छ । तर, मधेशमा विकराल रहेको दाइजो प्रथालाई तामाचा दिँदै एक जोडीले आदर्श विवाह रचाएका छन् ।
सिरहा लहानका समाजसेवी सत्यनारायण पंजियारका सुपुत्र रमेन्द्र पंजियार र धनुषाको धनुषाधाम ९ धारापानीका मदन महासेठकी सुपुत्री आरती महासेठ वैवाहिक बन्धनमा बाँधिएका हुन् ।
बिबिएस गरेका रमेन्द्र (विवेक) र बिबिएस पढ्दै गरेकी आरतीबीच फागुन २५ गते दाइजोरहित विवाह भएको हो ।
दहेज प्रथालाई परास्त गर्न प्रयास स्वरुप आफूले आफ्नो छोराको आदर्श विवाह गरेको पंजियारले बताए ।
दाइजो प्रथा विकृति र अपराध रहेको भन्दै यसलाई हटाउन सबैले साहस गर्नुपर्ने पनि उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…