३ वर्षदेखि 'कोमा' मा रहेका सादा परिवारलाई सम्मान मधेशको सहयोग
सादा परिवारलाई जीवन धान्ने हेतु बेला बेलामा सहयोग गर्दै आएको छ ।

२०७६ फागुन २८ बुधबार, बिहान १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ३ वर्षदेखि कतारको एक अस्पतालमा कोमामा रहेका धनुषा सादा परिवारलाई सम्मान मधेशले सहयोग गरेको छ ।
धनुषाको हँसपुर नगरपालिकाको सुगा निकास बस्ने रामबलि सादा विगत ३ वर्षदेखि अस्पतालमा कोमामा रहेका छन् । सम्मान मधेशले उनकी श्रीमति सोभा देवी सादालाई घरखर्च हेतु २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
रामबलि कोमामा भएको अवस्थामा उनको परिवारलाइ जीवन धान्न धौधौ परिरहेको बेला घर चलाउनको लागि उक्त रकम सहयोग गरेको हो । २ ओटा छोरा र १ छोरी रहेको सादा परिवारको लाग कमाउने एक मात्र रामबली थिए ।
रामबली कोमामा गएपछि उनको परिवार सहित उनका सन्तानहरुलाई पौष्टिक आहार, विद्यालय पढाउने जस्ता कार्यको लागि सम्मान मधेश २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।
त्यसको लागि साउदीमा क्रियाशिल सम्मान मधेशका दमाम पोष्टका अध्यक्ष प्रमोद कुमार यादवले ११ हजार रुपैयाँ नेपाली सहयोग गरेको सँस्थाका केन्द्रीय अध्यक्ष त्रिलोकी साहले बताए ।
यस्तै सम्मान मधेशकै विभिन्न ठाउँबाट क्रियाशिल रहेका सदस्यहरुले बाँकीको रकम मिलाएका थिए । सादा परिवारलाई जीवन धान्ने हेतु बेला बेलामा सहयोग गर्दै आएको छ ।
सादा परिवार लाई “सम्मान मधेश” कतारका अध्यक्ष श्रीप्रताप साह, केन्द्रीय उपाध्यक्ष चन्द्रकिशोर यादव, ईन्डिया अध्यक्ष डा. शतिस ठाकुर, राजकुमार यादव, अमरेश साह, खुशिलाल मण्डल, गोपाल ठाकुर लगाईत शम्भु महरा उनको घरमै पुगेर उनको श्रीमति सोभा देवि सादालाई रकम हस्तानान्तरण गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…