'यो सरकारी स्कूल हो, यहाँ जुवातासदेखि रक्सी र दिशापिसाब सब हुन्छ'
आफनो गल्ती लुकाउन खोजेको स्थानीयवासी मानवअधिकारकर्मी जितेन्द्र भगतले आरोप लगाए।

२०७६ फागुन ९ शुक्रबार, राति १०:३१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशको स्थानीय सरकार चरम भ्रष्टाचारको सिकार भएको कुरासम्म ठिक थियो तर सरस्वती देवीको वासस्थान मानिने शिक्षा आर्जन गर्ने ठाउँ विधालयमा पनि भ्रष्टाचार र राजनीतिकबाट अछुतो नहुनु हाम्रो देशको भविष्यको लागि दुर्भाग्य हो।
सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा वार्ड न। ३ मा रहेको जनता प्राथमिक विधालयको मैदानमा राजनीतिक खिचातानीको कारण जुवातास खेल्ने, रक्सी खाने, दिसापिसाब गर्ने, कुखुरा चराउने तथा गाईभैंसी बाँध्ने गरेको देखिन्छ।
सरकारले विधालयलाई शान्ति क्षेत्र घोषणा गरेपनी चरम राजनीतिक तथा भ्रष्टाचारको कारण शान्तिको उज्यालो प्रकाशको किरण सबै विधालयमा पुग्न सकेको छैन।
विधालयमा पर्खाल नहुँदा स्थानीयवासीहरु मैदानमा गाईभैंसी बाध्नुको साथै दिसापिसाब गर्ने गरेको विधालयको प्रधानाध्यापक रामअशिष महतोले बताउनुभयो।
स्थानीय बजारको दिन मानिसहरू विधालय हाताभित्र आएर रक्सी पिउनुको साथै जुवातास समेत खेल्ने गरेको महतोले बताए। विधालयमा पर्खाल नहुँदा विधालय सन्चालन भएको समयमा नै मानिसहरू आएर विभिन्न अभद्र गतिविधि गर्दा विधालयको पठनपाठनमा पनि समस्या हुने गरेको महतोले बताए।

विधालयमा भैंसी बाँध्ने, दिसापिसाब गर्ने गरेको कारण विधालयको वातावरण प्रदुषित भएको कारण बालबालिकामा नयाँ नयाँ किसिमको रोगको महामारी फैलिने जोखिम पनि उच्च रहेको छ। स सना कलिला उमेरका बालबालिका पढने यस विधालयमा विधालय वरिपरिको वातावरण समाजिक दृष्टिकोणले असुरक्षित भएको कारण बालबालिकामा नराम्रो असर पर्ने चिन्ता समाजसेवीहरुको रहेको छ।
तिनवटा शिक्षक मात्र भएको प्राथमिक सम्म पढाइ हुने विधालयमा अहिले १५० भन्दा बढी विधार्थीहरु अध्ययनरत रहेको छ। शिक्षकको चरम अभावको मार खेपिरहेको विधालयमा पर्खाल नहुँदा झन समस्याको सामना गर्नुपरेको प्र।अ महतोले बताए।
स्थानीय सरकार बनेको दुई वर्ष सम्म गाउँपालिका अध्यक्ष रामअशरे साहसंग भएको आन्तरिक द्वन्द्वका कारण आफुलाई दोस्रो आर्थिक वर्षसम्म पनि चलाउनको लागि एक रुपियाँ समेत नपाएको धनकौल गाउँपालिका वाड नं. ३ को वडाअध्यक्ष टोनिलाल रायले बताए।
गाउँपालिका अध्यक्षले बहुमतको आडमा आफुलाई दुई वर्ष एक सुजीको बजेट चलाउन नदिदा विधालयको पर्खाल निर्माणमा ढिलाई भएको रायले न्युज ब्युरोसंग कुरा गर्दै पर्खाल निर्माणको लागि मोटो रकमको आवश्यकता पर्ने भएकोले पर्खाल निर्माणमा केही समय लाग्ने रायले बताए।
तपाईंकै कार्यकालमा स्थानीय जनताले विधालयको पर्खाल बनेको देख्छ् छ कि देख्दैन भने सोधिएको प्रश्नमा, तेस्रो आर्थिक वर्ष पनि बित्न लागेको अवस्था छ बाँकी रहयो दुईवटा आर्थिक वर्ष। यदि गाउँपालिका अध्यक्षले सकारात्मक भएर साथ दियो भने अगामी चुवान भन्दा अघि नै विधालयको पर्खाल निर्माण गरिने यादवले बताए तर वडाअध्यक्ष रायले विकासको पैसा माटो, बालुवामा दुरुपयोग गरेको धनकौल गाउँपालिकाको अध्यक्ष राम अशरे साहले आरोप लगाए।
हाम्रो हाथमा केही नभएको तथा आफनो स्थानीय स्तरको विकास निर्माणको जिम्मा वडाअध्यक्षले पाएको साहले बताए। स्थानीय सरकारले एकअर्का माथि आरोप परत्यारोप लगाएर आफनो गल्ती लुकाउन खोजेको स्थानीयवासी मानवअधिकारकर्मी जितेन्द्र भगतले आरोप लगाए।
जनताले चुनावमा भारी मत दिएर विजयी बनाए पनि स्थानीय सरकार विकास नगरेर, कुकुरले एउटै मासुको चौक्टोमा धेरै कुकुरले खिचातानी गरे जस्तै उनिहरु पनि बजेटको दुरुपयोग गर्न एक अर्कालाई काट्नुको अलावा कुनै अर्को काम नगरेको बताए।
स्थानीय सरकारसंग करोडौं बजेट भएपनि तेस्रो आर्थिक वर्ष खत्म हुन लाग्दा एउटा विधालयको पर्खाल निर्माण नहुनु त्यो भन्दा ठुलो दुखको कुरा के हुन सक्छ भने मानव अधिकारकर्मी भगतको कथन रहेको छ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…