श्रीमति सँघद्धारा न्यानो तथा खाद्यान्न राहत
जनकपुरधाम, ३० पुस । नेपाल प्रहरी श्रीमति सँघद्धारा धनुषाका शितलहर पीडितहरुलाई राहत वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमति सँघको अगुवाई तथा पहलमा धनुषाका शितलहर पीडितहरुलाई न्यानो तथा राहत वितरण कार्यक्रम गरिएको हो । ईलाका प्रहरी कार्यालय धनुषाधामको प्राँगनमा सम्पन्न भएको राहत वितरण कार्यक्रममा उक्त क

२०७४ पुस ३० आइतबार, राति ९:५३ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ३० पुस ।
नेपाल प्रहरी श्रीमति सँघद्धारा धनुषाका शितलहर पीडितहरुलाई राहत वितरण गरिएको छ ।

नेपाल प्रहरी श्रीमति सँघको अगुवाई तथा पहलमा धनुषाका शितलहर पीडितहरुलाई न्यानो तथा राहत वितरण कार्यक्रम गरिएको हो ।

ईलाका प्रहरी कार्यालय धनुषाधामको प्राँगनमा सम्पन्न भएको राहत वितरण कार्यक्रममा उक्त क्षेत्रका शितलहर पीडित वृद्धवृद्धा, बालबालिका, दलित, अल्पसँख्यक, गरीब परिवारलाई न्यानो कपडा सहित राहत वितरण गरिएको हो ।

सँघकी अध्यक्ष श्रीमति सीमा अर्यालयको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम नेपाल प्रहरी प्रदेश नं. २ का प्रमुख विजय लाल कायश्थ, केन्द्रीय प्रहरी महिला सँघका केन्द्रीय पदाधिकारी, संघीय प्रहरी ईकाई कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक सुभाष चौधरी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्र बहादुर सिँह, धनुषाधाम नगरपालिकाका मेयर वालेश्वर मण्डल, उपमेयर विद्या देी भुजेल, नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश जँग कार्की सहित नेपाल पत्रकार महासँघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र सहितको उपस्थितिमा गरिव तथा विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मेयर मण्डलले धार्मिक नगरीको रुपमा चिनिने धनुषाधाम नगरपालिका विभिन्न जातजाती वर्ग, धर्म समुदायहरु भएर पनि यो स्थानमा धार्मिक सहिष्णुता रही आएको बताए ।

नगरपालिका भित्रका गरिव तथा विपन्न परिवार, शितलहर पीडित राहतको आसावादी रहेकोमा नेपाल प्रहरी श्रीमति सँघले गरेको सराहानीय कार्यको प्रसँशा समेत गरे ।

विगत केही सप्ताहदेखि तराई मधेसमा शितलहर र अत्यधिक चिसो भए लगत्तै विभिन्न सरकारी तथा गैर सरकारी सँघ सँस्थाहरुले निरन्तर राहत वितरणको कार्यक्रम गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…