राष्ट्रपति विद्यादेवी भण्डारी आउँदै, निरहुआ र आम्रपालीले दर्शक झुमाउने
पर्यटन प्रबद्धन गर्ने उदेश्यका साथ कर्नाटकालिन महादेब मंन्दिरमा महायज्ञ लगाउन लागिएको जनाइएको छ ।

२०७६ फागुन ४ आइतबार, बेलुकी ७:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यही फागुन ६ गते मँगलबारका दिन रौतहटमा हुन गईरहेको भव्य महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएको छ ।
रौतहटको मौलापुर नगरपालिका–५ पतौरामा आज (आईतबार) देखि मधानी महायज्ञ शुरु भएको छ । फाल्गुण ४, ५ र ६ गते पुरातात्विक महादेब मंन्दिरको प्राङ्गणमा हुने मधानी कलस यात्रा निकाली आज आइतबार देखि सुभारम्भ गरिएको हो।
ऐतिहासिक एवम् धार्मिक मधानी महायज्ञमा राष्ट्रपति बिद्या भण्डारी द्धारा बिशेष पुजाआजा हुने कार्यक्रम तय गरिएको छ । सो महायज्ञले २० हजार पर्यटक भित्रिने बताइएको छ । आज मात्रै पुरातात्विक महादेव मन्दिर, पतौराको कलश यात्राले सबै धर्माबलम्बि लाई दर्शनको निम्ति आब्हान गरिएको छ ।
आज पत्रकार सम्मलेन गरेर रौतहट क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य प्रभु साहलेमहाधी महायज्ञको बारेमा जानकारी दिनुहुँदै महायज्ञले यसक्षेत्रको बिकास र पर्यटन प्रर्बद्धनमा महत्वपुण भुमिका खेल्ने बताउनु भयो ।

राष्ट्रपति बिद्या भण्डारी द्धारा आगामी ६ गते मन्दिर प्राङ्गणमा सहभागिता जनाउने तथा पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोच्चारण गराई विशेष पुजा गर्ने कार्यक्रम रहेको छ । पर्यटन प्रबद्धन गर्ने उदेश्यका साथ कर्नाटकालिन महादेब मंन्दिरमा महायज्ञ लगाउन लागिएको जनाइएको छ ।
महायज्ञमा यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले भगवान शिवको विशेष पुजा अनुष्ठान हुने आयोजकले जनाएको छ । महायज्ञको लागि फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको छ भने फागुन ६ गते राष्ट्रपति भण्डारीबाट विशेष पुजा कार्यक्रम रहेको छ ।
सो महायज्ञमा नेपाली कलाकारहरु निखिल उप्रेती , केकि अधिकारी ,अस्मिता दहाल ,शालिनी कुवर ,सन्तोष राज सहनी एवम् विदेशी कलाकारहरु अम्रपाली दुबे ,दिनेश लाल यादब ,इन्दु शोनाली द्वारा सांस्कृतिक कार्यक्रम गरिने छ ।
एस राज प्रोडक्सन सह-आयोजक रहेको सो महायज्ञ मौलापुर नगरपालिकाको आयोजनामा लागेको हो । पत्रकार सम्मेलनमा प्रदेश सान्सद कुन्दन कुशवाहा ,प्रदेश कमिटी सदस्य अमर साह ,राजन साह ,कलाकार बिजय यादब सहितको बिशेश उपस्थिति रहेको थियो ।पत्रकार सम्मेलन मौलापुर नपाकी मेयर रिना साहको अध्यक्षतामा सोही नपाले आयोजना गरेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…