प्रदेश २ः यी नगरपालिका र गाउँपालिकाको लागि कर्मचारी माग
निवेदनमा १० रुपैयाँको टिकट टाँस गरी जनकपुर स्थित रहेको तथ्याँक कार्यालय धनुषा, सिरहाको कार्यालयमा बुझाउन आग्रह

२०७६ माघ २९ बुधबार, बेलुकी ५:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ सरकार अन्तर्गतको विभिन्न स्थानीय तहमध्ये केही नगरपालिका र गाउँपालिकाले कर्मचारी माग गरेको छ ।
प्रदेश नं. २ को राष्ट्रिय योजना आयोग अन्तर्गतको तथ्याँक कार्यालय सिरहा, धनुषाले विभिन्न पालिकाहरुमा कर्मचारी माग गरेको हो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका र मुखियापट्टी मुसरनिया गाउँपालिकाको लागि कर्मचारी माग गरेको हो ।
कार्यालयको माघ २८ गतेको निर्णय अनुसार सार्वजनिक खरिद ऐन २०६३ तथा करार सेवा निर्देशिकाको अधिनमा रही नमुना (पाइलट) जनगणना, २०७६ को गणक पदको लागि कर्मचारी माग गरेको हो । यी तिनवटै पालिकामा करारमा कर्मचारी लिने निर्णय गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका र मुखियापट्टी मुसरनियाँ गाउँपालिकाको विभिन्न वडामा कर्मचारी सेवा करारमा सम्झौता गरी सेवा लिनुपर्ने आवश्कयता भएकोले सूचना प्रकाशित गरिएको हो । फागुन ५ गतेभित्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सूचना प्रकाशित गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १५ को लागि २ जना कर्मचारी करारमा लिने भएको छ । तथ्याँक सँकलन कार्य गर्नुपर्ने जनाउँदै २ जना कर्मचारी माग गरिएको हो । यसका साथै जनकनन्दिनी गाउँपालिकाको वडा नं. २ को लागि १ जना कर्मचारी माग गरिएको हो ।
.jpg)
कर्मचारीको योग्यताको हकमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उतीर्ण गरेको माग गरिएको छ । यसका साथै सो क्षेत्रमा अर्थात तथ्याँक संकलन कार्यमा विशेष अनुभव भएकोलाई विशेष प्राथमिकता दिइने जनाइएको । यस्तै, मुखियापट्टी मुसरनीयाँ गाउँपालिकाको वडा नं. ६ को लागि पनि १ जना कर्मचारी माग गरिएको छ ।
यी ३ पालिकामा ४ जना कर्मचारी माग गरिएको हो । फागुन ५ गतेभित्र न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी (फोटोकापी) १ थान र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलीपी १ थान निवेदन र फारमसँगै दिनुपर्ने हुन्छ ।
निवेदनमा १० रुपैयाँको टिकट टाँस गरी जनकपुर स्थित रहेको तथ्याँक कार्यालय धनुषा, सिरहाको कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।
पुनश्चः यसअघिको समाचारमा फाराम भर्ने अन्तिम मिति फागुन ५ गते हुनुपर्नेमा अन्यथा भई भूलवंश फागुन ७ गते हुन गएकोले सच्याइएको छ । अन्तिम मिति फागुन ५ गतेसम्म मात्र रहेको व्यहोरा अनुरोध गर्दै भूलको लागि हामी क्षमा प्रार्थी छौं । यसबाट उम्मेदवार, पाठकमा पर्न गएको अपूर्णीय असरप्रति क्षमा प्रार्थी छौं ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…