'उमेश बचाउ अभियान' अब पारदर्शी गर
विदेशमा बस्ने नेपाली युवकहरुले आफनो खुन, पसिनाको कमाई दिएका हुन् ।

२०७६ माघ १७ शुक्रबार, बिहान ९:१७ बजे३ मिनेट पढाइ
[ सम्पादकीय ] - 'उमेश बचाउ अभियान' सफल भएको छ । विदेशमा बस्ने नेपालीहरुले आफ्नो पेट काटेर एक एक दिनको कमाई दिएर उमेशलाई अन्तत घर ल्याउन सफल बनाएको छ ।
आफ्नो परिवारबाट टाढा भएर खाडी मुलुकहरु सउदी, कतार, मलेसिया, दुबई, यमन लगायत अन्य ठाउँमा बस्ने गरिब नेपालीहरुले आफू एक छाक नखाएर उमेश बचाउको लागि रकम पठाएर मानवता दर्साएको छ । मानवता के हो भनेर विदेशमा बस्ने नेपाली दाजुभाईले पाठ सिकाएको हो ।
नेपालीलाई परेको बेला विभिन्न सँघ सँस्था मार्फत सदैव सहयोग गर्दै आएका विदेशमा बस्ने नेपालीहरुले गरिब, बेसहारा, असहायको लागि भगवानरुपी दया देखाएको कसैबाट लुकेको छैन् ।
यो अवश्य पढनुहोस् : सउदी, कत्तारमा उमेश को चिन्ता, छुट्टीमै बसे नेपाली कामदार
विदेशमा बस्ने नेपाली युवकहरुले आफनो खुन, पसिनाको कमाई दिएका हुन् । उमेशको लागि छुट्टीमै बसेका नेपाली युवाहरुको त्यो देन प्राण भन्दा कम होइनन् । परिवार पाल्न विदेशिएका युवाहरु परिवारलाई छाडेर उमेश बचाउको लागि दिएको एक एक रुपैयाँ अमृत साबित भएको छ । त्यो अमृतको पारदर्शीता हुनु अत्यन्त जरुरी छ ।
सो क्रममा उमेशको लागि ३० लाख रुपैयाँ जम्मा भईसकेपछि आफुले सहयोग गरेको रकम फिर्ता लिन चाहने सहयोगकर्ताले फिर्ता पाउने पनि रायले फेसबुक मार्फत बताएका थिए ।
करिब २४ महिना अघि सुरु भएको उमेश बचाउ अभियानको लागि न्यूज ब्यूरोले शेयर गरेको एक भिडियोकै माध्यमबाट करिब ५० लाख बढी रुपैयाँ संकलन भएको थियो । विगत १४ वर्षदेखि सउदीको जुबेल जेलमा कैदी जिवन विताएका उमेश यादव घर फर्के लगत्तै बचाउ अभियानको हर हिसाब पारदर्शी गर्ने भनेर एनजिओकर्मी सरोज रायले स्वयंम फेसबुक भिडियो मार्फत बाचा गरेका छन् ।
उमेश बचाउ अभियान थालिएपछि गत वि. सं. २०७४ बैशाख १४ गते तथा सन् २०१८, अप्रिल २७ तारिखदेखिको बैंक स्टेटमेन्ट सार्वजनिक गर्ने रायले आफ्नो फेसबुक पेज मार्फत लाईभ गरेर बताइसकेका छन् । सो क्रममा विदेशमा बस्ने नेपालीहरुको एक संगठन हेल्प मधेशीले मात्र १० लाख रुपैयाँ दिएको थियो भने नेपालबाटै पनि जेजति भएपनि मानवताको हिसाबले धेरै जनाले आर्थिक सहयोग गरेको हो ।
हुनतः सम्पूर्ण नेपालीहरुले उमेश बचाउको लागि कुनै न कुनै प्रकारले सहयोग गरेकै हुन् । उमेशको ज्यान रक्षाको लागि नेपाल सरकारको ठुलो भूमिका रहेको थियो । परराष्ट्र मन्त्रालयले समयमै सबै कागजात सहयोग नगरेको भए उमेश बचाउ अभियान सम्भव थिएनन होला । तर परराष्ट्र मन्त्रालयले नेकपा निकट युवा संघ नेपालका सदस्य रियाज साफीको सम्पूर्ण पहलमा काठमान्डौं स्थित रहेको परराष्ट्र मन्त्रालयले एनजिओकर्मी सरोज रायलाई सबै व्यवस्था मिलाएका थिए ।
उमेश बचाउ अभियानमा संकलन भएको रकमको हिसाब बारे बोल्दै एनजिओकर्मी सरोज राय ।
अब उमेश घर आईसकेपछि रायले आफ्नो वाचा पुरा गर्नुपर्छ । रायलाई पाकिस्तान जानको लागि तथा साउदी जानको लागि कैयौं जनाले आर्थिक सहयोग गरेका थिए । सोहीलाई रायले हरेक दिनको हरहिसाब पारदर्शी गर्ने वाचा गरेपनि हर हिसाब देखाउन मानेनन् । उनले उमेश नेपाल आईसकेपछि मात्र सम्पूर्ण हरहिसाब पारदर्शी गर्ने भनेर वाचा गरेका थिए ।
उमेशलाई नेपाल ल्याएर चर्चा बटुलेका एनजिओकर्मी रायले अब हिसाब पारदर्शी गरेर कैयौं आम सर्वसाधारणको मनमा लागेको भित्री शंकालाई मेटाउनु उनको कर्तव्य हो । अभियानको क्रममा आलोचना हुनु स्वभाविक हो तर स्पष्ट अभियन्ताले स्पष्ट जवाफ मार्फत मन जित्न सक्नुपर्छ ।
उमेशको माफीनामा वापत ३० लाख पाकिस्तानी रुपैयाँ अर्थात करिब २८ लाख नेपाली रुपैयाँ पाकिस्तानी परिवारलाई दिइएको छ भने बाँकी करिब २० लाख (अन्दाजी) उमेश बचाउ अभियानमा यथावत रहेको छ । २० लाख अन्दाजी भनिएपनि यथार्थ कति भने बैंक स्टेटमेन्टपछि मात्र रायले भन्न सक्नेछन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…