सउदी, कत्तारमा उमेश को चिन्ता, छुट्टीमै बसे नेपाली कामदार
न्यूज ब्यूरो || जनकपुरधाम, २६ चैत्त । सउदीमा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादवको फैसलाको प्रतिक्षा गर्दै कैयौँ नेपाली कामदारहरु आज काम गरेका छैनन् । केही दिन अघि न्यूज ब्यूरो डिजिटल पत्रिकाले सम्प्रेशन गरेको उमेशको फैसलाको मात्र ४ दिन बाँकी शिर्षकको समाचार पछि आतिएका नेपाली कामदारहरु सोमबार आज क

२०७४ चैत २६ सोमबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २६ चैत्त । सउदीमा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादवको फैसलाको प्रतिक्षा गर्दै कैयौँ नेपाली कामदारहरु आज काम गरेका छैनन् ।
केही दिन अघि न्यूज ब्यूरो डिजिटल पत्रिकाले सम्प्रेशन गरेको उमेशको फैसलाको मात्र ४ दिन बाँकी शिर्षकको समाचार पछि आतिएका नेपाली कामदारहरु सोमबार आज काम नै नगरी उमेशको लागि प्रार्थना गर्दै बसे ।
कत्तार र सउदीमा कतिपय कम्पनीका सँचालकसँग उमेशको बारेमा धारणा राखेपछि सबै कामदारलाई छुट्टी नै दिए ।
आज ९ अप्रिलका दिन उमेशको मुद्दाको बारेमा अहम फैसला हुने समाचार विभिन्न सँचारमाध्यममा आएपछि मधेसी मूलका नेपाली कामदारहरु सहित उमेशको बारेमा जानकारी भएका कामदारहरु आँखा रसाएरै विदा बसेका छन् ।
हालाकी, प्रत्येक कम्पनी र प्रत्येक ठाउँमा विदा नदिएपनि कामदारहरुले आफैँले पनि हिजो र आज उमेशको फैसलाको प्रतिक्षामा काम गरेनन् ।
मनमा तनाव र बोझ लिएर उनीहरु मात्र उमेशको ज्यानको भिख माग्दै ईश्वर, अल्लाहसँग प्रार्थना गर्दै काम ठप्प पारेको न्यूज ब्यूरोसँग कामदारहरु फोन मार्फत धारणा राखेका छन् ।
ज्ञातत्व छ, ९ अप्रिल सोमबारको फैसला हुने भनिएपछि उमेशको पेशी भने हिजो आईतबार नै चढेको थियो भने कुनै अहम फैसला नै नभई मात्र पुराना फाईल झिकाउने आदेश गरिएको छ ।
पुराना फाईलहरु मात्र झिकाउने आदेश भएपछि नेपालीहरुमा केही आस जागेको छ । अब उमेशलाई माफी हुने सम्भावना बढेको छ भने समाजिक अभियन्ताहरुले यस बीचमा नेपाली दुतावासलाई कडा रुपमा सक्रिय हुुनुपर्ने सुझाव दिएका छन् ।
उमेशलाई माया गर्नेहरुले आज काम बन्द गरी उनको लागि प्रार्थना बसेका थिए ।
..................................................
Visit For Full News , Website
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…