धनुषामा एक नयाँ सरकारी विद्यालय थपियो
शुरु दिनमै करिब १ सय २० बिद्यार्थीको नामाकरण समेत गरिएको हो ।

२०७६ माघ १६ बिहीबार, राति ९:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । सरस्वति पूजाकै दिन धनुषामा एक समुदायिक (सरकारी) विद्यालय थपिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयबिघामा सामुदायिक बिधालयको स्थापना गरिएको हो । वडा अध्यक्ष इन्द्रकुमार महतोको अध्यक्षता तथा नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख अतिथिमा उक्त विद्यालयको उद्घाटन गरिएको हो।
उदघाटन सत्रमा बोल्दै नगर प्रमुख मण्डलले आफूले चुनावि समयमा जनतासंग गरेको वाचा पुरा गरेको बताउनुभयो । “बिधालय स्थापना गर्छु त्यही अनुरुप मैलै पनि बिधालय स्थापना गरि सन्तुष्टि भएको महसुस गर्दैछु । वास्तवमा आवश्यक थियो यो बिधालय । टोलमा त्यसैले हामी शिक्षा शिक्षामा अगाडी बढाउनुपर्ने थियो र त्यही अनुरुप यो टोलमा स्थापना गराएको हो ।”– उहाँले भन्नुभयो ।

सोही उदघाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष महतोले जनप्रतिनिधिको पहिलो प्राथमिकता शिक्षा ,स्वास्थ्यमा राख्ने भएकोले समाजको लागि समुदायिक विद्यालयको स्थापना गरिएको बताउनुभयो । वडामा गरिब दलित जेहन्दार जस्ता बिद्यार्थीलाई शिक्षामा पहुँच हुन लागि बिधालय स्थापना गराएको बताउनुभयो ।
विद्यालयको नाम “श्री बजरंग राष्ट्रिय प्राथमिक विद्यालय” धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय बिघा दक्षिणवारि टोलमा स्थापना गरिएको हो।
कार्यक्रममा बिशिस्ट अतिथि नगर उपप्रमुख बिधा देवि भुजेल , प्रमुख प्रशासकीय अधिकृत गनेशराज कार्की , नगरपालिकाको ईन्जिनियर मनोज यादव, ३ का वडा अध्यक्ष राजकिशोर साह ,स्थानिय बुद्धिजीवी रामचन्द्र यादव,उमाप्रेमपुर स्वास्थ्य चौकि इन्चार्ज अरुण मण्डल उमाप्रेमपुर प्रहरी चौकी इन्चार्ज गोपाल श्रेष्ठ , बजरंग युवा कल्बको अध्यक्ष रामपुकार यादव लगायतको उपस्थिति रहेको थियो ।
शुरु दिनमै करिब १ सय २० बिद्यार्थीको नामाकरण समेत गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…