जनकपुरको राराबमा तरुण दलको डस्टबिन
मन्दिरमा डस्टविन राखिएको तरुण दल धनुषाको उपाध्यक्ष राकेश बिक्रम साहले बताए ।
२०७६ माघ १४ मंगलबार, राति १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मदर टेरेसा पब्लिक स्कुलको सहयोगमा नेपाल तरुण दल धनुषाले राराब क्याम्पस र गिरनारी कुट्टि सितला माता मन्दिरमा डस्टविन वितरण गरिएको हो ।
मदर टेरेसा पब्लिक स्कुलका शिक्षक हरि शर्मा र सहेन्द्र यादवले एक कार्यक्रमको आयोजना गरि राराब क्याम्पसका लागि १० वटा र गिरनारी कुट्टि सितला माता मन्दिरका लगि ५ वटा डस्ट्विन उपलब्ध गराइएको हो ।
राराब कलेज परिसर जताततै फोहोर फ्याक्नु भन्दा ठाउँ( ठाउँमा फोहर थुपार्ने भाडो राख्दा सरसफाइमा सहयोग पुग्ला उदेश्यका साथ शुभेच्छुक संघ संस्थालाई सम्पर्क गरी उनीहरूकै सहयोगमा कलेज र मन्दिरमा डस्टविन राखिएको तरुण दल धनुषाको उपाध्यक्ष राकेश बिक्रम साहले बताए ।
कार्यक्रम मा नेविसंघ का पुर्व के.स. विजय राय, नेविसंघ राराब का नवीन यादव, राजेस कर्ण,मनिष यादव,सुजित झा,इन्द्रजित महतो,सृष्टि दत्त, अर्जुन महतो, तरुण दल का मोहन साह, बलराम गुप्ता लगायत दर्जनौं बिद्यार्थी हरुको उपस्थिति रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुरेन्द्र यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…