सिरहाका सिडिओको आग्रह : 'बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए खबर गर्नुस्'
न्यूज ब्यूरो, सिरहा । समाजमा कहाली लाग्दो बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए तत्काल प्रहरीमा खबर गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आग्रह गरेका छन् । समग्र जनउत्थान केन्द्र लहान सिरहाले सहज परियोजना अन्तर्गत आयोजना गरेको लैंगिक हिंसा तथा लागुऔषध सम्बन्धी अन्तरक्रियात्मक का

२०७६ माघ ११ शनिबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । समाजमा कहाली लाग्दो बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए तत्काल प्रहरीमा खबर गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आग्रह गरेका छन् ।
समग्र जनउत्थान केन्द्र लहान सिरहाले सहज परियोजना अन्तर्गत आयोजना गरेको लैंगिक हिंसा तथा लागुऔषध सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सिडिओ अधिकारीले यस्तो आग्रह गरेका हुन् । विशेष गरी लागुऔषधको कुलतमा नलाग्न र मधेशमा भइरहेको बालविवाह, दहेज प्रथा जस्ता अन्य बिकृतीलाई सबैले मिलेर रोकथाम गर्नु जरुरी रहेको उनले बताए ।
समाजमा विकराल रुपमा रहेका लागुऔषधको समस्याले युवा पीढीको भविष्य धरापमा गइरहेको उनको जिकिर थियो । यस्ता समस्यालाई न्यूनीकरण गर्नका लागि कार्यक्रममा कक्षा ९, १०, ११ र १२ मा पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गरी सचेतना दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…