नृत्य प्रतियोगीताका विजेताहरुलाई मेयरद्वारा मेडल
शिक्षा समिति सदस्यद्वय प्रदीप साह राजकुमार कर्माचार्यद्वारा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

२०७६ पुस २७ आइतबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा सम्पन्न भएको नगर स्तरीय विद्यालय नृत्य प्रतियोगिताका विजेताहरुलाई नगर प्रमुख उदय कुमार बरबरिया यादवले मेडल सहित सम्मान प्रदान गर्नुभएको छ ।
शहिदनगर नगरपालिका यदुकुहा धनुषाको नगर शिक्षा समितिद्वारा आयोजित नृत्य प्रतियोगितामा जीतेका विजेताहरुलाई मेडल प्रदान गरिएको छ । प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालय तहका नगरको सम्पूर्ण विद्यालयबाट छात्रछात्राहरुको सहभागीता गराईएको थियो ।
सहभागीत विद्यार्थीहरुमध्ये मावि तर्फबाट मावि धबौलीले प्रथम स्थान हाँसिल गरेको छ । यस्तै, मावि यदूकूहा द्दितिय स्थान तथा मावि महुलिया तृतिय स्थान हाँसिल गरेको हो । आधारभूत तर्फ कुम्भकरण विद्यालयबाट प्रथम, गोठकूहाबाट द्धितिय तथा यदूकूहा तृतिय स्थान हाँसिल गरेको हो । प्रावि तर्फमा हडबारा विद्यालय प्रथम, कुम्भकरण द्धितिय र बेमर्खी विद्यालय तृतिय स्थान हाँसिल गरेको हो ।

नगर शिक्षा समितिका शिक्षा अधिकृत धिरेन्द्रलाल कर्ण र स्रोतव्यक्ति धनेश्वर प्रसाद यादव, शिक्षा समिति सदस्यद्वय प्रदीप साह राजकुमार कर्माचार्यद्वारा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगिताको क्रममा जनकपुरका चर्चित कलाकारहरुमध्ये राम नारायण ठाकुर, सोहन ठाकुर लगायतका व्यक्तहरु निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो ।
सो क्रममा असल नेतृत्व प्रतिभाशाली व्यक्तित्वका धनी सरल स्वभाव र उच्च विचार तथा युवाहरुको मुटुको ढुकढुक्की बनेको भनेर मेयरलाई प्रशंसा गरेको थियो । समितिले कमै समयमा बहुचर्चित नेपालकै उमेरले कान्छो तर कार्यले बिकासप्रेमी भनेर चिनिएका मेयर बरबरियाले शिक्षा क्षेत्र लाई उकास्न अनेकानेक प्रयास गर्न लागिपरेको प्रतिक्रिया दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…