नेपाल यादव युवा संघ गठन, गर्नेछन् यी कार्य !
आफ्नो परोपकारी भवनाको प्रदर्शन गरि यादव समुदायको शाख उच्च बनाउन काम गर्ने लक्ष्यसहित संघ गठन गरिएको जनाइएको छ ।

२०७६ पुस २१ सोमबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालका यदुवंशी अर्थात् यादव समुदायका युवाहरुले नेपाल यादव युवा संघ गठन गरेको छ ।
काठमाडौंस्थित मधेश मिडिया हाउसमा भएको यादव समुदायका युवाहरुको बैठकले नेपाल यादव युवा संघको औपचारिक घोषणा गरेको हो । संघको अध्यक्षमा संतोष यादव चयन भएका छन् । यस्तै, उपाध्यक्षमा चन्द्र यदुवंशी, सचिवमा शिव यादव, उपसचिवमा चुडामणी यादव, कोषाध्यक्षमा रमिता यादवलाई चयन गरिएको छ ।
संघको केन्द्रीय कार्यसमितिको निर्णायक मण्डलमा शरदसिंह यादव, आरपी यादव, जयनारायण यादव र आलोक यादव गरी ४ जना रहेका छन् भने मस्यौदा समिति प्रमुखको जिम्मेवारी चुडामणी यादवलाई दिइएको छ । त्यस्तै, सल्लाहकारमा दशजनालाई राखिएको छ ।
संघले देशभरका यादव समुदायलाई सामेल गराउने र यादवको इतिहास, सभ्यता र संस्कृति खोज अनुसन्धान गर्न काम गर्ने जनाइएको छ । यस्तै, आर्थिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा यादव समुदायको पहुँच र अधिकारको लागि काम गर्ने, परापूर्वकालदेखि यादव वंशले आर्जन गरेको प्रतिष्ठा, सौर्य र बिर्ता पुनर्जीवित गर्ने, आर्थिक रुपमा विपन्न यादव समुदायका मानिसको लागि शैक्षिक तथा स्वास्थ स्तर उकास्न योगदान पुर्याउने लगायतका योजना संघको छ ।
यसैगरी, देशमा विपत्ति परेको बेला यादव युवाले आफ्नो परोपकारी भवनाको प्रदर्शन गरि यादव समुदायको शाख उच्च बनाउन काम गर्ने लक्ष्यसहित संघ गठन गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…