
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विराटनगर, २५ पुस : विराटनगर जुट मिल्स रानीको स्वामित्वमा रहेको पुराना मेशिनलगायतका सामग्री बिक्री वितरणमा अविलम्ब रोक्नुपर्ने मिलका पूर्व कर्मचारी एवम् स्थानीय नागरिकले माग गरेका छन् । विराटनगर जुट मिल्स बचाउ अभियान समिति विराटनगर–१६ द्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जुट मिल सञ्चालक समितिका अध्

२०७४ पुस २५ मंगलबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ
विराटनगर, २५ पुस : विराटनगर जुट मिल्स रानीको स्वामित्वमा रहेको पुराना मेशिनलगायतका सामग्री बिक्री वितरणमा अविलम्ब रोक्नुपर्ने मिलका पूर्व कर्मचारी एवम् स्थानीय नागरिकले माग गरेका छन् ।
विराटनगर जुट मिल्स बचाउ अभियान समिति विराटनगर–१६ द्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जुट मिल सञ्चालक समितिका अध्यक्षले अनियमित रुपले मिल्सको मेशिन र पार्टपुर्जा बेचबिखन गरेको, जग्गा प्लटिङ गरी बिक्री गर्न खोजेकाले अविलम्ब रोक्नुपर्ने बताएका छन् ।
अभियानका अध्यक्ष धर्मानन्द सञ्जेलले कानुनीरुपमा बेचिएको विराटनगर जुट मिल्सको शेयर अविलम्ब खारेज गरी नेपाल सरकारको साबिक ६८ प्रतिशत शेयर कायम गर्नुपर्ने, विराटनगर जुट मिल्सको चलअचल सम्पत्तिको संरक्षण र दीर्घकालीन रुपमा उद्योग सञ्चालन गर्नुपर्ने, हाल कार्यरत कामदार कर्मचारीको बाँकी रहेको रकम भुक्तानी हुनुपर्ने र विराटनगर जुट मिल्समा हाल भइरहेको अनियमिमताका छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने चारबुँदे माग पूरा हुनुपर्ने बताउनुभयो ।
पत्रकारसम्मेलनमा अभियानका उपाध्यक्ष प्रकाश साहले मिल्स नेपाल सरकारले सञ्चालन गर्नुपर्ने अन्यथा उक्त क्षेत्रमा जुट सङ्ग्रहालय र औद्योगिक क्षेत्र कायम गरी निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने बताउनुभयो ।
अभियानका सचिव हिमाल शेर्पाले राखेको माग पूरा हुनु नभए शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रमको घोषणा गर्ने पत्रकारलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…