'समाजिक रुपान्तरणको लागि सरकारले सहयोग गरेन, निजी लगानीमै प्रयासरत छौं'
अपन मिथिला सेवा समाजले सर्लाहीको मलंवा नगरपालिका–११ मा तीसजना महिलाहरुलाई मेसिन वितरण गरेको छ ।

२०७६ पुस ८ मंगलबार, बिहान १०:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । समाजिक संस्था अपन मिथिला सेवा समाजले मेसिन वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।
संस्थाले सोमबार सर्लाहीको मलंवा नगरपालिका–११ मा मेसिन वितरण गरेको छ । सो वडाकी झण्डै तीसजना महिलाहरुलाई मेसिन हस्तान्तरण गरिएको हो । उक्त वडाका वडाध्यक्ष नन्दकिशोर रायको उपस्थितिमा मेसिन हस्तान्तरण गरिएको समाजका केन्द्रीय अध्यक्ष मंसाराम यादवले जानकारी दिए ।
सोही संस्थाकै आयोजनामा भएको सिलाई कटाई सम्बन्धि तालिमबाट प्रशिक्षण लिएकी महिलाहरुलाई मेसिन वितरण गरिएको हो । वितरण गरिएको मेसिन कुनै अनुदानबाट नभई संस्थाको निजी लगानीमा खरिद गरिएको हो । मेसिनले महिलाहरुलाई स्वाबलम्बी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।
संस्थाको यो कार्यलाई स्थानीयहरुले सराहनासमेत गरे । समाजिक क्षेत्रमा काम गर्दै आएको यस संस्थाले समाजिक रुपान्तरणको प्रयाससहित गरिब, विपन्न एवं एकल परिवारलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…