समृद्ध प्रदेशको परिकल्पना यही सरकारले पूरा गर्छ : मन्त्री यादव
मन्त्री यादवले संघीय सरकारको असहयोगका बाबजुद प्रदेश सरकारले प्रदेशलाई समृद्ध प्रदेश बनाउने अभियानमा लागिपरेको बताए ।

२०७६ पुस ७ सोमबार, बेलुकी ५:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारको महात्वाकांक्षी योजनामध्येकै एक ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत सिरहामा पोखरी सौन्दर्यीकरणको लागि शिलान्यास गरिएको छ ।
प्रदेश २ का आर्थिक मालिला तथा योजनामन्त्री विजय कुमार यादवले सोमबार सिरहाको औरही गाउँपालिका–५ बभनटोलीस्थित रहेको डिहबार स्थान पोखरीको सौन्दर्यीकरण हेतु शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश सरकारले समाजिक रुपान्तरणको लागि शुरु गरेको स्वच्छता अभियान र बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा जनसहभागिताको लागि सबै वर्गलाई आग्रह गरे ।
उनले प्रदेश सरकारले ल्याएको योजनाहरुमा सबैपक्षका वर्गले सहभागिता नजनाएसम्म सफलता पाउन नसक्ने भन्दै आ–आफनो स्थानबाट सबैलाई सहयोग गर्न अनुरोध गरे । मन्त्री यादवले संघीय सरकारको असहयोगका बाबजुद प्रदेश सरकारले प्रदेशलाई समृद्ध प्रदेश बनाउने अभियानमा लागिपरेको हुँदै यसमा सबैको सहयोग अपरिहार्य रहेको औल्याए ।
प्रदेश सरकारले प्रदेशबासीको हितको लागि विभिन्न योजना ल्याएर गति दिइरहेको जनाउँदै उनले प्रदेशको विकास कसैले रोक्न नसक्ने दावी पनि गरे । प्रदेश २ समृद्धिको पथमा अगाडि बढिरहेको भन्दै यही सरकारले समृद्धिको परिकल्पना पूरा गर्ने उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…