सर्लाही : मामालाई बाबु बनाएर नागरिकता लिने भारतीय भान्जा फन्दामा
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा झुटो विवरण पेस गरी मामालाई बाबु बनाएर नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार सितामाढी घर भएका २० वर्षीय सिताराम सिंह छन् । सिंहलाई बरहथवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सर्लाहीको बरहथवा नगरपालिका–२ घर भएका आफ्नै मामा गिर्

२०७६ पुस ६ आइतबार, दिउँसो ३:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा झुटो विवरण पेस गरी मामालाई बाबु बनाएर नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार सितामाढी घर भएका २० वर्षीय सिताराम सिंह छन् । सिंहलाई बरहथवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सर्लाहीको बरहथवा नगरपालिका–२ घर भएका आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलेको छ ।
मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि वडा नम्बर २ का वडाध्यक्ष यज्ञबहादुर खड्काको पहलमा शनिबार बेलुका हजरियाबाट पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय बरहथवामा बुझाइएको सर्लाही प्रहरीले जनाएको छ ।
सिंहले वडा कार्यालयमा गाँउका पाँच जनालाई सर्जिमिन मुचुल्का गर्न लगाई नागरिकता लिएको खुलेको छ । भारतीय मुलका भान्जालाई नागरिकता बनाइदिने मामा भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…