वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघको सिरहा कार्यसमिति गठन
न्यूज ब्यूरो, सिरहा । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालको सिरहा जिल्ला कार्यसमिति गठन भएको छ । सिरहाको गोलबजारमा चलेको दुईदिने अधिवेशनले अदुप शेखको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा मेदन प्रसाद साह चयन भएका छन् भने महिला उपाध्यक्षमा सञ्जु कुम

२०७६ पुस ६ आइतबार, दिउँसो ३:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालको सिरहा जिल्ला कार्यसमिति गठन भएको छ ।
सिरहाको गोलबजारमा चलेको दुईदिने अधिवेशनले अदुप शेखको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा मेदन प्रसाद साह चयन भएका छन् भने महिला उपाध्यक्षमा सञ्जु कुमारी दास चयन भएकी छिन् । यस्तै, सचिवमा महेन्द्रपाल राउत, सहसचिवमा उमदा यादव, कोषाध्यक्षमा प्रेमशिला यादवलाई चयन गरिएको छ ।
नवगठित समितिले वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघद्धारा संचालनमा रहेको माटो र आमाको स्वास्थ्य सुधार अभियान अन्तर्गत भान्सा नै औषधालय कार्यक्रम विस्तारको लागि सक्रिय भएर काम सुरु गर्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…