धनुषा : एसपी शेखर खनालको सरुवा, बस्नेतको इन्ट्री
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रबार बसेको बैठकले २४ प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गर्ने निर्णय गरेको हो । बैठकले धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालको पनि सरुवा गरेको छ । उनको सरुवासँगै नयाँ प्रहरी उपर

२०७६ पुस ४ शुक्रबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षकको शुक्रबार बसेको बैठकले २४ प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गर्ने निर्णय गरेको हो । बैठकले धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालको पनि सरुवा गरेको छ । उनको सरुवासँगै नयाँ प्रहरी उपरीक्षकको रुपमा रमेशकुमार बस्नेत आएका छन् ।
पुस महिनाको तलबभत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…