अमिसेसको प्रशंसनीय कार्य : निजी लगानीमा १ सय ५८ महिलालाई सिलाई मेसिन
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक संस्था अपन मिथिला सेवा समाजले धनुषामा पनि सिलाई मेसिन वितरण गरेको छ । संस्थाले धनुषाको सबैला नगरपालिकाको विभिन्न वडाका झण्डै १ सय ५८ महिलालाई सिलाई मेसिन वितरण गरेको हो । सबैला नगरपालिका अन्र्तगतको ४, ५, ८, ९ , र १० का ठिल्ला, भठियन, मखनाहा, खरिहानी र पठेर्वामा गरी स

२०७६ पुस ४ शुक्रबार, बेलुकी ७:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक संस्था अपन मिथिला सेवा समाजले धनुषामा पनि सिलाई मेसिन वितरण गरेको छ ।
संस्थाले धनुषाको सबैला नगरपालिकाको विभिन्न वडाका झण्डै १ सय ५८ महिलालाई सिलाई मेसिन वितरण गरेको हो । सबैला नगरपालिका अन्र्तगतको ४, ५, ८, ९ , र १० का ठिल्ला, भठियन, मखनाहा, खरिहानी र पठेर्वामा गरी सयौंबढी महिलालाई शुक्रबार एक कार्यक्रमबीच मेसिन हस्तान्तरण गरिएको छ ।
संस्थाद्धारा सो वडाहरुमा आयोजना गरिएको ३ महिने सिलाई कटाई तालिममा सहभागी भएर तालिम लिएकी महिलाहरुलाई मेसिने बाँडिएको संस्थाका केन्द्रीय अध्यक्ष मंसाराम यादवले जानकारी दिए । तालिम सकेपछि उनीहरुलाई मेसिनेसँगै प्रमाणपत्र पनि दिइएको छ ।
सिलाई कटाई तालिमले नगरकी महिलाहरुलाई आत्मनिर्भर बनाउन ठूलो योजदान पुग्ने संस्थाको विश्वास छ । शिप सिकेर आफैले काम सुरु गरेपछि गरिबीको रेखालाई पार गर्न पनि मद्दत पुग्ने नगरका मेयर विजयशंकर प्रसाद यादवले औल्याए ।
मेसिन वितरण कार्यक्रममा सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साह, उपमेयर निलु देवि, संस्थाका अध्यक्ष मंसाराम यादव, कोषाध्यक्ष सतिश कापर, सचिव पप्पु मिश्रा, उपाध्यक्ष भरत चोधरी यादवसहित स्थानीयहरुको उपस्थिति रहेको थियो । यसअघि संस्थाले सर्लाहीमा समेत सिलाई मेसिन वितरण गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…