एसइई परीक्षा चैत ६ गतेदेखि
न्यूज ब्यूरो, जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसइई) १० आगामी चैत ६ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले एसइई परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको एसइईमा नियमिततर्फ क

२०७६ पुस १ मंगलबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसइई) १० आगामी चैत ६ गतेदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले एसइई परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको एसइईमा नियमिततर्फ करिव चार लाख विद्यार्थी सहभागी हुने बताए ।
परीक्षा फारम भर्ने समय ९ पुससम्म रहेकाले एक्जाम्टेडतर्फका विद्यार्थीसहित करिव पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान रहेको उनले जानकारी दिए । एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले सुरुको दिन अनिवार्य अंग्रेजी विषय रहेको र प्राविधिकसहित १७ चैतमा सबै विषयको परीक्षा सकिने जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…