सिरहामा एम्बुलेन्स र मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु
न्यूज ब्यूरो, सिरहा । सिरहामा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सिरहा नगरपालिका १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डल छन् । दुर्घटनामा परी एकजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत् सिरहाको गोलबजार नगरपाल

२०७६ मंसिर २३ सोमबार, बेलुकी ५:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सिरहा नगरपालिका १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डल छन् । दुर्घटनामा परी एकजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत् सिरहाको गोलबजार नगरपालिका ४ मुख्य चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको स. ६ प. ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च. ६९३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्कर खाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
महराको घटनास्थलमै र मण्डलको उपचारको लागि विराटनगर लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…