वडाध्यक्षको कार्यालयमा तालाबन्दी
निवेदन दिन आएको तर वडा अध्यक्षले कुरा नसुनीकनै बाहिर निस्केपछि तालाबन्दी गर्न बाध्य भएको
२०७६ मंसिर १९ बिहीबार, बिहान १०:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको एक गाउँपालिकाको वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
महोत्तरीको सोनमा गाउँपालिका वाडा नं ८ को वाडा कार्यलयमा स्थानियले बुधबार तालाबन्दी गरेको हो । स्वास्थ्य चौकी राख्ने बिषयमा वाडा अध्यक्ष र स्थानिय बिच कुरा नमिले पछी तालबन्दी गरिएको छ।
नेपालको संविधान अनुसार वडा भित्र स्वास्थ्य चौकी राख्ने निर्णय भए अनुसार यस वाडामा आएको स्वास्थ्य चौकी राख्ने बिषयमा बिबाद भएको छ। दुई गाउँ मिलेर बनेको वडा नं ८ वडा कार्यालय राख्ने बेलामा पनि बिबाद भएको थियो।
यता, तालाबन्दी भएको बारेमा सोधपुछ गर्दा वडाध्यक्ष राजदेव यादव स्वास्थ्य चौकीको भबनको लागि दुबै गाउँको बिचमा सिलान्यास भइसकेको बताउँदै केही दिनको लागी सिहासनीमा स्वास्थ्य चौकी राख्ने निर्णय गरेको बताए । उनले भने,– “केही मानिसहरु आफ्नो स्वार्थ पूरा गर्नको लागि मात्र तालाबन्दी गरेको छ, वाडा कार्यालय शिवनगरमा राखेको छु, अब स्वास्थ्य चौकी सिहासनीमा राख्दा राम्रो हुन्छ भने सोच बनाएर यस्तो निर्णय गरेको छु।”
तालाबन्दी गर्ने आएका आन्दोलनकारीहरुले भने सिहासनी भन्द बढी जनसंख्या शिवनगरमा रहेको जनाउँदै वडा कार्यालय र स्वास्थ्य चौकी एकै ठाउमा हुदा काम गर्नमा समेत सजिलो हुने भएकोले यस बिषयमा निवेदन दिन आएको तर वडा अध्यक्षले कुरा नसुनीकनै बाहिर निस्केपछि तालाबन्दी गर्न बाध्य भएको बताएका छन् । समस्याको सामाधान नभए सम्म तालाबन्दी यथाबत रहने कुरा स्थानिय कपलेसर यादवले जनाएको छ।
तालाबन्दी गर्ने क्रममा समाजबदी पर्टीका गाउँ कमिटिका अध्यक्ष गिरज यादव लगायत काङ्रेस पर्टीका सदस्यहरु तथा स्थानिय हरुको सहभागिता रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
धर्मेन्द्र कुमार यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…