जनकपुर : विवाहपञ्चमी आएका यात्रुलाई खानाको व्यवस्था निःशूल्क
अतिथि देवो भवः भन्दै उनले अतिथि सत्कारको लागि निःशूल्क भोजन शिविर चलाएको जानकारी दिए ।

२०७६ मंसिर १५ आइतबार, बिहान १०:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) को मेला भर्न आएका यात्रुहरुलाई मध्यनजर गर्दै जनकपुरमा निःशूल्क (फ्रि) मा भोजनको व्यवस्था गरिएको छ ।
जनकपुरको विभिन्न ठाउँमा विभिन्न समुदाय, संघसँस्थाहरुले समेत यात्रुहरुलाई खानको निःशूल्क व्यवस्था गरेको हो । सो क्रममा जनकपुरको शिवचोकमा साहुजी तेली सेवा समितिले यात्रुहरुको लागि निःशुल्क भोजको व्यवस्था गरेको छ भने जानकी चोकमा साह ग्लास हाउसको एकल आयोजनामा निःशूल्क भोजनको व्यवस्था गरिएको हो ।
विगत २५ साल बढीदेखि विवाहपञ्चमीमा मेला भर्न आउने बाहिरका यात्रुहरुको लागि निःशूल्क भोजनको व्यवस्था गर्दै आएको छ । विगत केही वर्षदेखि विभिन्न ठाउँमा भोजनको व्यवस्था गरिएको हो । यसअघि बाह्रविघा मैदानमै विशाल भण्डाराको आयोजना हुँदै आएकोमा अहिले गुट उपगुट भएर विभिन्न ठाउँमा छुट्टाछुट्टै निःशूल्क भोजनको शिवर आयोजना गर्दै आएको छ ।

जानकी मन्दिर सामुन्ने रहेको जानकी चोकमा साह ग्लास हाउसले निःशूल्क आवास (बस्ने व्यवस्था) पनि गरेको हो । प्रत्येक वर्ष साह ग्लास हाउसले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै निःशूल्क भोजनको व्यवस्था गरिदै आएको छ । यसका साथै जनकपुरको विभिन्न ठाउँमा निःशूल्क भोजन शिविरको व्यवस्था गरिएको छ ।
विवाह मण्डपको पछाडी गल्लीमा रहेको कृष्णा नर्सिङग होम पछाडी तेली कुट्टिमा समेत साधुसन्तहरुलाई विशेष ध्यानमा राख्दै निःशूल्क चुरा, दहीको व्यवस्था गरिएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष दीपेन्द्र साहले जानकारी दिए । कुट्टिमा बाबाजीहरुलाई चुरादहीको उत्तम व्यवस्था मिलाइएको जनाउँदै जानकी नगरमै रहेको तेली कुट्टिमा पनि वडाध्यक्ष साहकै अगुवाईमा निःशूल्क भोजनको व्यवस्था गरिएको जनाइएको छ ।

वडाध्यक्ष साहले जनकपुरमा सँचालन गरिएको निःशूल्क भोजनको कुनै पनि शिविरमा गएर भोजन गर्न यात्रुहरुसँग अनुरोध गरेका छन् । अतिथि देवो भवः भन्दै उनले अतिथि सत्कारको लागि निःशूल्क भोजन शिविर चलाएको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…