ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम सञ्चालन
ललितपुर, २० मंसिर : जर्मनी सहयोग संस्था (जिआइजेड) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी सम्झौता भएको छ । नेपाल सरकार र जर्मनी सरकारबीच सन् २०१४ मा भएको सहमतिअनुसार प्राविधिक सहायताअन्तर्गत यो कार्यक्रम कार्यान्वयन आएको हो । स

२०७४ मंसिर २० बुधबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ

ललितपुर, २० मंसिर : जर्मनी सहयोग संस्था (जिआइजेड) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
नेपाल सरकार र जर्मनी सरकारबीच सन् २०१४ मा भएको सहमतिअनुसार प्राविधिक सहायताअन्तर्गत यो कार्यक्रम कार्यान्वयन आएको हो । सम्झौतापत्रमा केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल र जिआइजेडका राष्ट्रिय निर्देशक डा एल. के. फोस्र्टरले हस्ताक्षरण गर्नुभएको छ ।
यस कार्यक्रमबाट केन्द्रको संस्थागत क्षमता अभिवृद्धि एवं अनुगमन सूचना प्रणालीलाई व्यवस्थित गर्ने, प्रादेशिक र स्थानीय सरकारको क्षमता अभिवृद्धि तथा लैंगिक एवं सामाजिक समावेशीमा सहयोग गरिनेछ ।
नेपालको संविधानमा नवीकरणीय ऊर्जालाई स्थानीय तहबाट कार्यान्वयनमा लगाइने व्यवस्थाअनुसार यस कार्यक्रमअन्तर्गत प्रदेश नं १ र ७ का केही गाउँपालिकालाई नवीकरणीय ऊर्जामा नमूनायोग्य बनाउने लक्ष्य रहेको केन्द्रका निर्देशक नवराज ढकालले जानकारी दिनुभयो ।
तीन वर्षका लागि कार्यान्वयनमा आएको यस कार्यक्रमको बजेट पाँच मिलियन युरो रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…