ट्यांकर अपहरण प्रकरण : छानबिन गर्न सिरहा र सप्तरीका सबै पम्प बन्द
तेल वितरण रोकेर प्रहरीसहितको निगमको टोलीले सप्तरी र सिरहाका सबै पम्पमा अनुगमन थालेको छ ।

२०७६ मंसिर ४ बुधबार, दिउँसो ४:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल आयल निगमको प्रदेश १ कार्यालय बिराटनगरले सिरहा र सप्तरीका सबै पम्पहरुमा तेल वितरण बन्द गरेको छ ।
आइतबार राति अपहरणमा परेको भनिएको ट्याङ्कर धनुषामा रित्तै भेटिएपछि त्यस क्षेत्रका पम्पहरुमा छानबिनका लागि तेल वितरण रोकिएको आयल निगम प्रदेश १ डिपो प्रमुख अशोक साहले बताए ।
तेल वितरण रोकेर प्रहरीसहितको निगमको टोलीले सप्तरी र सिरहाका सबै पम्पमा अनुगमन थालेको प्रमुख साहले बताए । थप अनुसन्धानका प्रक्रियाबारे सप्तरी जिल्ला प्रशासनमा छलफल भइरहरको पनि उनले जानकारी दिए ।
ट्याङ्करका चालक, सहचालक र मालिक पनि आफूहरुसँगै रहेको उनले बताए । साह ट्याङ्कर अपहरण प्रकरण छानबिन गर्न निगमले बनाएको छानबिन समितिका अध्यक्ष हुन् ।
ट्याङ्कर अपहरण प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आयल निगमको केन्द्रीय कार्यालयबाट चार सदस्यीय टोली विराटनगर प्रस्थान गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…