स्थानीय तह उपचुनाव : आज मनोनयन दर्ता हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विहान १० बजेदेखि दिउँसो १ः०० बजेसम्म मनोनयन पत्र दर्ता हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी स्थानीय तहको सदस्य पदका लागि मनोनयन दर्ता गराउन सकिनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा

२०७६ कार्तिक २७ बुधबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विहान १० बजेदेखि दिउँसो १ः०० बजेसम्म मनोनयन पत्र दर्ता हुँदैछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी स्थानीय तहको सदस्य पदका लागि मनोनयन दर्ता गराउन सकिनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थनीय तह सदस्य उपनिर्वाचत लागि आज मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।
मनोनयन दर्ताका लागि नेपाली नागरिकताको प्रमणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने, दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्रलगायतका प्रमाण लिएर मनोनयन दर्ता गर्न आउन भनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…