
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सिरहा,पुस २२ गते । धनगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७४।७५ का लागि करिब साढे ४६ करोड रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ। पुस १९ र २० गते सम्पन्न प्रथम नगरसभाबाट पारित निर्णयहरु शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाटमार्फत् सार्वजनिक गर्दै नगरपालिकाले ४६ करोड ३४ लाख ८८ हजार एक सय ५१ रुपैयाँक

२०७४ पुस २२ शनिबार, बिहान ७:५३ बजे२ मिनेट पढाइ
सिरहा,पुस २२ गते । धनगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७४।७५ का लागि करिब साढे ४६ करोड रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ।
पुस १९ र २० गते सम्पन्न प्रथम नगरसभाबाट पारित निर्णयहरु शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाटमार्फत् सार्वजनिक गर्दै नगरपालिकाले ४६ करोड ३४ लाख ८८ हजार एक सय ५१ रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरिएको जानकारी दिइयो। कृषि, शिक्षा र पूर्वाधारमा जोड नगरसभाले चालु आर्थिक वर्षका लागि पारित बजेट तथा कार्यक्रममा कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ।
भूगोलको दृष्टिकोणले जिल्लाको दोस्रो ठूलो नगरपालिका धनगढीमाईले कृषिमा व्यवसायीकरण गरी उत्पादनमा आत्मनिर्भरताको लागि दुई करोड ७५ लाख ३९ हजार, शिक्षामा एक करोड ५९ हजार एक सय ४६ र पूर्वाधार विकासका लागि १५ करोड पाँच लाख ८७ हजार ६ सय ४५ रुपैयाँ विनियोजन गरेको छ। पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका प्रवक्ता प्रकाश योञ्जनले आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि समेत गरी १० करोड पाँच लाख ३० हजार पाँच सय ७ रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
हरेक वडामा नमुना विद्यालय पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख हरिनारायण चौधरीले नगरका हरेक वडामा कम्तीमा एउटा सामुदायिक विद्यालयलाई नमुना बनाउने नीति बनाइएको बताए।
‘सामुदायिक विद्यालयलाई वातावरण, प्रविधि र बालमैत्री, बाल उद्यानसहित नमूना बनाइने कार्यक्रम बनाएका छौं’ नगरप्रमुख चौधरीले भने ‘सामुदायिक शिक्षालाई विकासको मेरुदण्ड मानेर काम गरिने छ। चालु आर्थिक वर्षदेखि नै नगर क्षेत्रका ६ वटा माविसहित ३३ सामुदायिक विद्यालयमध्ये हरेक वडामा कम्तीमा एउटा विद्यालयबाट अंग्रेजी माध्यमबाट पठनपाठन थालिने छ।’
निःशुल्क सिफारिस र गर्भवतीलाई प्रोत्साहन भत्ता नगरपालिकाले व्यक्तिगत घटना दर्तादेखि राहदानी, बाटो सिफारिस, विद्युत, धारा, टेलिफोन जडान लगायतको सिफारिसमा लाग्ने दस्तुर दलित समुदायका डोम र मुसहर जातिलाई पूर्णतः निःशुल्क र अन्य दलितलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको नगर प्रमुख चौधरीले बताए। यसका अतिरिक्त गर्भ रहेदेखि दुई वर्षसम्म दुई वटा बच्चासम्मको हकमा गर्भवती महिलालाई मासिक रुपमा पाँच सय रुपैयाँ पोषण भत्ता दिइने नगरपालिकाले जनाएको छ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरकोतर्फबाट जनही वार्षिक रुपमा दुई हजार रुपैयाँ दिइने, नगर क्षेत्रमा बसोवास गर्ने मुटु, मृगौला र क्यान्सर पीडितलाई राज्यले दिने सुविधाबाहेक एक पटकका लागि यातायात खर्च स्वरुप पाँच हजार रुपैयाँ दिइने व्यवस्था गरिएको नगर प्रमुख चौधरीले बताए।
भ्यूटावरदेखि सुरक्षित बसोबाससम्म नगरसभाले १३ नं। वडामा पर्ने दुरविन डाँडामा भ्यू टावर निर्माणदेखि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पिकनिक स्थल निर्माण गर्ने, नगर क्षेत्रमा बसोबास गरिरहेका हरुवा चरुवा, भूमिहीन, सुुकम्बासीहरुको सुरक्षित र व्यवस्थित बसोबासका लागि नगरपालिकाले नै योजना बनाएर व्यवस्थापन गर्दैछ। त्यस्तै, विपन्न, जेहेन्दार विद्यार्थीलाई ‘नगर प्रमुख शैक्षिक छात्रवृत्ति’ मार्फत् नियमित अध्ययनमा सहयोग गर्ने गरी योजना पारित भएको प्रवक्ता योञ्जनले बताए।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…