सहिदनगरलाई विकाससँगै सरसफाईमा पनि एक नम्बरमा ल्याउँछौं : मेयर बरबरिया
मेयर बरबरियाले भोलि मनाउन लागिएको दीपावलीको अवसरमा आज गरिएको सरसफाई खास रहेको बताए ।

२०७६ कार्तिक ९ शनिबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । दीपावलीको अवसरमा धनुषाको सहिदनगर स्वास्थ्य चौकी परिसरमा सरसफाई गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी धनुषा सहिदनगर कार्य समितिले शहिदनगर नगरपालिकासँग सहकार्य गरी शनिबार बिहान शहिदनगर ३ स्थित कान उपचार केन्द्रमा परिसर भित्र सरसफाई गरेको हो । सहिदनगरका मेयर उदय बरबरिया यादवसहितका सरसफाई गरेका हुन् ।
सो क्रममा नगरप्रमुख बरबरियाले नगरपालिका साझा संस्था भएको र सरसफाई पनि हामी सबैको साझा जिम्मेवारी भएको हुँदा दैनिक रुपमा १–२ घण्टा आफू बसेको वरिपरि सरसफाइको निम्ति कार्य गरिरहनुपर्ने बताए । उनले भोलि मनाउन लागिएको दीपावलीको अवसरमा आज गरिएको सरसफाई खास रहेको बताए ।
सरसफाई एकपटक र एक दिन होइन निरन्तर गरिरहनुपर्ने विचार व्यक्त गर्दै यस कार्यमा सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, अगुवा कार्यकर्ताहरु, वडावासीहरु, विभिन्न संघसंस्थाहरु, विद्यालयहरु लगायत समाजसेवीहरुको साथ र सहयोगको अपेक्षा राखे । उनले सहिदनगरलाई विकाससँगै सरसफाईमा पनि एक नम्बरमा ल्याउन आफू प्रयासरत रहेको जनाए ।
सरसफाई कार्यक्रममा नगर प्रमुख उदय बरबरिया यादव, वडाध्यक्ष तनुकलाल यादव, इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक दिपक केसी, सशस्त्र प्रहरी यदुकूहा बेस क्याम्पका ईन्सपेक्टर मदन धानुक, नेकपा नगर संयोजक कुशेश्वर पासवान, रामदियाल दास, मुक्ति साह, सदरे आलम, संजय साह, अंसारुल राईन, स्वास्थ सहसंयोजक रामसिकिल यादव, रुपेश बिराजी, रामकुमार यादव, जगदीश मण्डल, विशुनदेव यादव, आस्तोश यादव, देवशरन यादव, विजय चौधरी लगायतका नेकपा कार्यकर्ताहरु सरिक भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…