विद्युत प्राधिकरण प्रशाखा शिवनगर गरुडा अब चाँडै शाखा : प्रभु साह
न्यूज ब्यूरो, रौतहट । नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले रौतहटको शिबनगरमा रहेको विद्युत प्राधिकरण प्रशाखा अब शाखा हुने बताएका छन् । गरुडा नगरपालिकाको महमदपुरमा आयोजित छठ, दिपावलीको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रौतहट क्षेत्र ३ का सांसदसमेत रहेका साहले गरुडा नग

२०७६ कार्तिक ९ शनिबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले रौतहटको शिबनगरमा रहेको विद्युत प्राधिकरण प्रशाखा अब शाखा हुने बताएका छन् ।
गरुडा नगरपालिकाको महमदपुरमा आयोजित छठ, दिपावलीको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रौतहट क्षेत्र ३ का सांसदसमेत रहेका साहले गरुडा नगरपालिका सहित क्षेत्र नं. ४ को जनतालाई विद्युतीय सेवा र सुविधालाई अझ बृहत र प्रभावकारी तवरले प्रदान गराउन छिटै नै प्रशाखालाई शाखा बनाउने प्रतिबद्धता जाहेर गरेका हुन् । गरुडा नपासहित यस क्षेत्रले मेयरदेखि उर्जा राज्य मन्त्री पाउँदा समेत विद्युत प्राधिकरण शिबनगर प्रशाखालाई शाखामा बढुवा गर्न नसकेकोले जनतालाई ठूलो सास्ती भइरहेको आरोप लगाए ।
यस क्षेत्रमा सेवाग्राहीको संख्या अत्यधिक भएपनि अहिलेसम्म स्तरोन्नती नभएको दुःख व्यक्त गरे । खास गरी क्षेत्र ४ का जनताले विद्युत प्राधिकरण प्रशाखालाई शाखाको रुपमा स्थापित भएको हेर्ने चाहना भएको सुनेको र यो सपना चाँडै साकार पार्ने बाचा गरे । ।
यो घोषणासँगै गरुडा नगरपालिका, माधवनारायण नगरपालिका, गढिमाई नगरपालिका लगायतका क्षेत्रका जनता लाभान्वित हुने देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…